तुलसी पण्डित
एस्इइमा छोरीले प्ल्स ए ल्याइ । उनको चर्चाले शिखर चुम्यो ।
स्कुल देखि पत्रपत्रिका र इन्टर नेटमा उनको चर्चा भयो । सबै भन्थे । “सन्तेले छोरीको लागि उचित वातावरण दिएछ । उसले असल आचरण सिकाएछ । कुनै कुराको कमीको महसुस हुन दिएनछ । जसको निस्वार्थ समर्णपणले छोरीले सफलता चुमी । यो अनुकरणीय काम प्रति बाबुलाई धन्यवाद छ ।”
यो कुरा थाहा पाएकी श्रीमती मसिनीले सोचिन् । बाबु विदेश छन् । यो छोरीको पढ्ने देखि हरेक चाहना मैले पूरा गरेँ । लुगा धुने देखि सरसफाइको जिम्मा मैले लिएँ । बिरामी हुदा उपचार गर्न लगेँ । कति समय स्कुल पुर्याउन गएँ । खाजाको व्यवस्था गरेँ ।
त्यति मात्र हो र उसलाई अघि बढ्नको लागि उत्प्रेरणा जाग्ने कथा सुनाएँ । ऊ भन्छे ।
“आमाको उत्प्रेरणा जाग्ने कथाले मलाई अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्यो । ”
उनले सोचिन् । “उफ ! आज यसको सफलता अर्कोले पाइरहेछ । उनका लागि सधैँ दुःख गर्नेको अस्तित्व हराइ रहेछ ।”
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…