Categories: बाल कथा

अस्तित्व

तुलसी पण्डित

एस्इइमा छोरीले प्ल्स ए ल्याइ । उनको चर्चाले शिखर चुम्यो ।
स्कुल देखि पत्रपत्रिका र इन्टर नेटमा उनको चर्चा भयो । सबै भन्थे । “सन्तेले छोरीको लागि उचित वातावरण दिएछ । उसले असल आचरण सिकाएछ । कुनै कुराको कमीको महसुस हुन दिएनछ । जसको निस्वार्थ समर्णपणले छोरीले सफलता चुमी । यो अनुकरणीय काम प्रति बाबुलाई धन्यवाद छ ।”


यो कुरा थाहा पाएकी श्रीमती मसिनीले सोचिन् । बाबु विदेश छन् । यो छोरीको पढ्ने देखि हरेक चाहना मैले पूरा गरेँ । लुगा धुने देखि सरसफाइको जिम्मा मैले लिएँ । बिरामी हुदा उपचार गर्न लगेँ । कति समय स्कुल पुर्याउन गएँ । खाजाको व्यवस्था गरेँ ।
त्यति मात्र हो र उसलाई अघि बढ्नको लागि उत्प्रेरणा जाग्ने कथा सुनाएँ । ऊ भन्छे ।
“आमाको उत्प्रेरणा जाग्ने कथाले मलाई अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्यो । ”
उनले सोचिन् । “उफ ! आज यसको सफलता अर्कोले पाइरहेछ । उनका लागि सधैँ दुःख गर्नेको अस्तित्व हराइ रहेछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

18 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

18 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago