Categories: बाल कथा

“आशीर्वाद”

गरिमा आचार्य
श्री जनता प्राविधिक मावि, गोलबजार-४, सिरहा

“खर्च गर्दागर्दै प्लान फेल भो मामू !” २५० रुपैयाँ फिर्ता दिँदै मलिन आवाजमा मैले भनेँ।
“मागभन्दा बढता रुपैयाँ हात परेपछि प्लान फेल गर्ने तिम्रो पुरानै रोग हो नानी!”मामूले रोष मिश्रित स्वर निकाल्नुभयो ।
“अरु दिन जे भने पनि आजको दिन त नकराउनुस् ।” मैले पनि उस्तै स्वर निकाल्न खोजेँ ।
केही नम्र भएर उहाँले भन्नुभयो, “उसो भा हिसाब देखाऊ त ?”


“वरपरका भाइबहिनीलाई बाड्न ३७० रुपैयाँको चकलेट, मेरा साथीहरूलाई हातमा थम्याउन २३० को चोकोपन, तीनवटी सँगिनीका लागि १५० रुपैयाँको आइस्क्रिम ।” मैले फेहरिस्त सुनाएँ ।
मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ; “महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।”
आफूलाई केही नराखी मैले साथीहरूका लागि मात्रै रकम खर्च गरेको देखेर उहाँ पग्लनुभयो । बाँकी पैसो फिर्ता लिन रुचाउनुभएन । उल्टै मेरा गाला सुम्सुम्याउँदै भन्नुभयो; “यस धर्तीमा सर्वप्रथम मलाई आमाको दर्जा दिलाउने प्यारी छोरीलाई कोटीकोटी आशीर्वादका साथ जन्मोत्सवको शुभकामना !!!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 hour ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago