Categories: बाल कथा

“आन्दोलन”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

कुनै गाउँमा पाहुना हुन गएकी सरस्वतीलाई निर्मलाले सोधिन्” तिमीलाई हाम्रो गाउँ बिहानै देखि घुमाएँ। कस्तो लाग्यो यो गाउँ ?” सरस्वतीले नसोचेको जवाफ दिइन्,” यहाँ आन्दोलन गर्नुपर्ने देखियो ?”


निर्मलाले भनिन् ” सवै व्यवस्थित छ। जहिले पनि आन्दोलन मात्रै गर्ने कुरा राष्ट्रिय रोग नैं लाग्यो मलाई त। यो आन्दोलन गर्ने कुरा मलाई पटक्कै मन पर्दैन । अनि भन त के का निम्ति आन्दोलनको आवश्यकता महशुस भयो तिमीलाई?”
सरस्वतीले भनिन् ” अरुले शुरु नगरेको आन्दोलन । त्यसको नेतृत्व तिमीले नै गर्ने कि!”
निर्मलाको जवाफ रह्यो ” आन्दोलननै मन नपर्नेलाई नेतृत्वका कुरा हाँसो लाग्दो भएन त!”
सरस्वतीले भनिन् ” कुरै नबुझी प्रतिक्रिया जनाउने तिम्रो पुरानो बानीले अझै बिदा लिएको रहेन छ।”
निर्मलाको कौतुहलता जाग्यो । यसैले भनिन् ” पहिले सुनाउन त के का निमित्त आन्दोलन शुरु गर्ने?”
सरस्वतीको जवाफ रह्यो ,” सूर्योदय भन्दा पहिला नउठ्ने,घरको काममा नसघाउने,कुरा अनुसार काम नगर्ने ,सधैँ राजनीतिका मात्रै कुरा गर्ने,सामुदायिक विद्यालयलाई रित्तो बनाउने र बाबुआमाको यथोचित मर्यादा नगर्नेको बिरुद्ध पनि आन्दोलनको आवश्यकता छैन त!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago