खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
कुनै गाउँमा पाहुना हुन गएकी सरस्वतीलाई निर्मलाले सोधिन्” तिमीलाई हाम्रो गाउँ बिहानै देखि घुमाएँ। कस्तो लाग्यो यो गाउँ ?” सरस्वतीले नसोचेको जवाफ दिइन्,” यहाँ आन्दोलन गर्नुपर्ने देखियो ?”
निर्मलाले भनिन् ” सवै व्यवस्थित छ। जहिले पनि आन्दोलन मात्रै गर्ने कुरा राष्ट्रिय रोग नैं लाग्यो मलाई त। यो आन्दोलन गर्ने कुरा मलाई पटक्कै मन पर्दैन । अनि भन त के का निम्ति आन्दोलनको आवश्यकता महशुस भयो तिमीलाई?”
सरस्वतीले भनिन् ” अरुले शुरु नगरेको आन्दोलन । त्यसको नेतृत्व तिमीले नै गर्ने कि!”
निर्मलाको जवाफ रह्यो ” आन्दोलननै मन नपर्नेलाई नेतृत्वका कुरा हाँसो लाग्दो भएन त!”
सरस्वतीले भनिन् ” कुरै नबुझी प्रतिक्रिया जनाउने तिम्रो पुरानो बानीले अझै बिदा लिएको रहेन छ।”
निर्मलाको कौतुहलता जाग्यो । यसैले भनिन् ” पहिले सुनाउन त के का निमित्त आन्दोलन शुरु गर्ने?”
सरस्वतीको जवाफ रह्यो ,” सूर्योदय भन्दा पहिला नउठ्ने,घरको काममा नसघाउने,कुरा अनुसार काम नगर्ने ,सधैँ राजनीतिका मात्रै कुरा गर्ने,सामुदायिक विद्यालयलाई रित्तो बनाउने र बाबुआमाको यथोचित मर्यादा नगर्नेको बिरुद्ध पनि आन्दोलनको आवश्यकता छैन त!”
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…