Categories: कविता

“उज्जवल भविष्यको सपना”


रोजिना घिमिरे

नानी तिमी सानी छौ,
तर धेरै ज्ञानी छौ।
आफन्त र पराई,
छुट्याउन जानी छौ।
काँइ कोरी गरेर,
सफा सूग्गर भएर।
कापी कलम लिएर,
विद्यालय जाने छौ।
जोनि, जोनि यस पापा,
भन्दै इङ्लिश् पढ्ने छौ।
आफु भन्दा ठूलालाई,
आदर गर्न जान्ने छौ।
मान्यजनहरूले,
जे भनेको मान्ने छौ।
पढी लेखी गरेर,
असल तिमी बन्ने छौ।
भोलि ठूलो भएर,
जून तिमी छुने छौ।
गमलामा फूल फुल्छ,
फूलकोपात हल्लिन्छ।
झलमल तारा झल्किन्छ,
चन्द्रमा मुस्कुराउँछ।
बन्चरोले भन्दछ,
म त घुम्न जाँदै छु।
जङ्गलमा गएर,
तिमीलाई खुशी ल्याउने छु।
घर गोठ बनाउन,
काठ मैले काट्ने छु।
बुवू माम पकाउन,
दाउरा ठिक्क पार्ने छु।

श्रोतः नेपाली बालसाहित्य

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago