Categories: कविता

“यथार्थ”

अनन्त कुमार बस्नेत

सम्साँझमा दीपक सल्किँदैछ ।
लाग्दैछ यो जीवन ढल्किँदैछ ।।

छोडी धरा दूर युवा गएछन् ।
स्वार्थी बिरालो घर पल्किँदैछ ।।

बस्छन् यहाँ बालक बृद्ध मात्रै ।
एक्लोपना भावन झल्किँदैछ ।।

नाघेर सीमा परचक्र आयो ।
यौटा खुँडा टल्टल टल्किँदैछ ।।

बाँझो छ टारी खलियान खेत ।
चौतर्फ झाडी सिरु हल्किदैँछ ।।

भत्केछ सामाजिक रूपरेखा ।
बल्दैछ आगो भुस सल्किँदैछ ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

21 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

21 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago