Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
एउटै झण्डा | सारथि बाल पत्रिका
Categories: बाल कथा

एउटै झण्डा


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“हामी कसका सन्तान हौँ ?”- प्रेमले एउटा सभामा उठेर प्रश्न गर्यो।
चौरमा बसेका सबै अक्क न बक्क भए र प्रेमतिर ट्वाल्ल परेर हेरिरहे। ऊ एउटा नौजवान थियो ।
“मैले यो कार्यक्रममा उपस्थित हुनु भएका सबैको माझमा राखेको प्रश्नको उत्तर छ कसैसँग ?”- प्रेमले कुनै व्यक्ति नबोलेपछि उही प्रश्न थप्यो।
आज एकता दिवसको सन्दर्भमा गाउँ पालिकाले एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यसमा विभिन्न पार्टीमा आबध्द भएका सयौँको उपस्थिति थियो। “प्रेम सर हजुरले नै भनिदिनुहोस् पहिले हजुरबाटै सुरू होस् यो प्रश्नको उत्तर पनि।”-त्यहाँ बसेका मध्य एकजनाले भन्यो।”
“हामी आज एकता दिवस मनाउँदै छौँ। राष्ट्रिय पिता भनेर पृथ्वीनारायण शाहलाई भन्छौँ। यो देशलाई बाईसे चौबीसेहरूको हातबाट मुक्त गरेर उनैले एउटा अखण्ड देश नेपाल बनाएका थिए। त्यो हिसाबले हामी सबै पृथ्वीनारायणका सन्तती हौँ ।”- प्रेमले आफ्नो कुरामा पृथ्वीनारायणको प्रशंसा गर्दै भन्यो।
“हो त्यो त सबै नेपालीलाई थाहा छ ! फेरी के नयाँ कुरा भयो त ? “- सभाकै बिचबाट आर्को जनाले थप प्रश्न राख्यो।
“नयाँ कुरा यो भएको छ अहिलेको तरल राष्ट्रिय परिस्थितिमा पनि हामी सन्तानहरूले राष्ट्रिय पिताको मर्म बुझ्न सकेका छैनौँ। आ आफ्नो पार्टीको नाउमा देशलाई खण्डित गर्न थालेका छौँ। “- प्रेमले असली कुरा बतायो।
“प्रेम भाइले ठिक भनेकाछन् । आजैको दिनबाट आ आफ्नो पार्टीको भन्दा पहिले हाम्रो हातमा राष्ट्रको झण्डा हुने छ।देश अखण्ड रहेमात्र हामी सुरक्षित रहन सक्छौँ।”- विश्वले उठेर देशको झण्डा उचाल्यो । त्यो देखेर पुरै सभा एकछिनमै सूर्य चन्द्र अंकीत झण्डायम बन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

कन्यार्थ

मधुसूदन प्रसाद घिमिरे घरमा छाेरी पन्ध्र पुगिसकी छाेरीकाे लागि याैटा राम्राे वर खाेज्नु परेन भन्या…

1 day ago

परिवर्तन

शारदा दहाल भण्डारी "बिहान् चाँडै उठेर काम सक्ने अनि पढ्नुपर्छ है !" भेषराजले शेषराजलाई भन्थ्यो।…

1 day ago

होलीको रंग

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम बिहान नानीहरुको निकै हो-हल्ला मचियो। गल्लीमा स-साना नानीहरु होलीको रंग…

2 days ago

लोलीपोप

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "बाबा हजुरलाई म ठूलो भएपछि कार किन्दिन्छु हस् ।" -…

2 days ago

पर्खाइकाे फल मिठाे

होम सुवेदी बालिका निना सानैदेखि जिज्ञासु थिई। उसकाे हरेक बिहान घरकाे आँगन सफा गर्ने रुटिन…

3 days ago

“राष्ट्र हाँक्ने नेता”

ललिता ‘दोषी’ राष्ट्र हाँक्ने नेता आऊ बनाऊ अब देश हामी सबै एक भए फेरिन्छ नि…

3 days ago