पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दोलखा
उँड्दै आयो कमलकोटी, सूँड माटो बोकी,
राम्रो घर बनाउँछ रे, थुतुनाले ठोकी।
लाम्चो लाम्चो घर, माटो टोकी
मलाई त लाग्यो डर, टोक्नदिने पो हो कि।
भूँ भूँ गरी उँड्यो फेरि, हिलोनिरै पुग्यो,
सूँडभरि माटैमाटो, कुप्री पर्दै उँ।
भारी गरम भएछ, तलतिर नुग्यो
डल्लोपरी भूँइँमा, पुल्टुङ्गै पो गुड्यो।
जताबाट गएकोथ्यो, उतैबाट आयो,
माटोकै पर्खालमा, छानो माटै लायो ।
दुई दिन मेहनतमा, राम्रो घर बनायो
भान्सा कोठा देखिन, कुन्नी के के खायो।
थिच्दै थिच्दै सूँडले, खोपै खोपा पारी,
खानपिन खोज्नलाई जान्छ खेतबारी।
सबै तिर बन्दाबन्दी, एक ढोका राखी,
आफ्नो घर देखायो पाहुनालाई डाकी।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…