Categories: बाल कथा

मौलिक सिर्जना

रमेशचन्द्र घिमिरे

धेरै दिनको मेहनतपश्चात् उसले एउटा रचना तयार पार्यो । लेख्नुअघि मनले खाएका गुरुलाई सुझावका लागि बुझायो । गुरुले `सबै ठीक छ, तर …´ भन्दै नयाँ नियम पढेर वर्णविन्यास सच्याउनुपर्ने सल्लाहसहित रातो मसीले सङ्केत गरिदिए । उसले वर्णविन्यासका आधुनिक नियम पढेर सच्यायो ।

`तै एकचोटि विज्ञलाई त देखाऊँ´ । विज्ञसँग पनि सुझाव माग्यो । विज्ञले नाक खुम्च्याउँदै `हल्का भएको´ आरोप तेसारे ।उसले गरुङ्गो बनाउन खोज्यो । `फिक्सन´ नै नभएपछि कसरी पढ्न मजा हुन्छ हो तपाईंको रचनामा ?´ अर्का विज्ञले खिस्याउँदै आफ्नो विद्वता ओकले । उसले जबर्जस्ती कथा कोचार्यो । `केटाकेटी पाराले लेख्नुहुँदो रहेछ ।´ एकथरिले उल्लीबिल्ली बनाए । उसले ठूलाबडाले रुचाउने खालको परिपक्व बनाउन खोज्यो ।
`कसैले `मूर्त भयो´ भनेर खिस्याए । `यसरी सजिलै बुझिने पनि साहित्य हुन्छ ?´ भनेर होच्याए ।
उसले सकेसम्म नबुझिने बनाउनु पर्ने रहेछ भन्ने सोचेर त्यसै गर्यो ।
`शब्दचयन फितलो भयो´ । अर्का विज्ञले निधारै मुजा पर्ने गरेर आँखा तर्दै पातो हुर्याइदिए ।
उसले शब्दकोशको सहायताले जटिल तत्सम शब्द राखेर मिलायो ।
`व्याकरणिक त्रुटि भयो ।´ `भाषिकाको प्रयोग गरेर तपाईंले मात्रै बुझ्ने हो र ?´ आफूलाई भाषाविज्ञानका ज्ञाता ठान्नेहरूले भाषिक दोष अ उसले मानक भाषालाई नै जोड दिएर सोहीबमोजिम लेख्यो ।
कसैले उसको रचनामा `जातीय आक्षेप देखिएको´, `लैङ्गिक पक्षपातको गन्ध आएको´, `अपाङ्ग मैत्री हुन नसकेको´ जस्ता कमजोरी देखाइदिए । कतिले `लोकतन्त्रको मर्मअनुरूप नभएको´ भन्दै कानुनी कुरा गरे ।
उसले `हस्´ भन्दै सकेसम्म लोकतान्त्रिक र कानुनसम्मत बनाउने उपाय खोज्यो ।
तर कसैले पनि ठीकै छ, राम्रै लेख्यौ भनेर हौसला दिनु आफ्नो धर्म ठानेनन् ।
`सबैले भनेको मान्दै जाने हो भने मैले त नलेखे पनि हुने रहेछ´ भनेर ऊ एकैछिन त खङ्ग्र्याङ-खुङ्ग्रुङ्गै भयो अनि काँटछाँट गरिसकेपछि तयार भएको आफ्नो रचना पुनः पढ्यो । उसलाई यो रचना आफ्नो हो जस्तै लागेन । किन-किन उसले यो रचनामा कत्ति पनि मिठास भेटेन । नयाँ रचना उसलाई गाईजात्रे लाग्यो, खिचडी जस्तो लाग्यो । सामान्य पाठकले कस्तो प्रतिक्रिया दिँदा रहेछन् भन्ने सोचेर उसले आफूले सुरुमा जे लेखेको थियो त्यही रचना नै जस्ताको तस्तै पत्रिकामा छाप्न पठायो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

9 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

9 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago