Categories: बाल कथा

मौलिक सिर्जना

रमेशचन्द्र घिमिरे

धेरै दिनको मेहनतपश्चात् उसले एउटा रचना तयार पार्यो । लेख्नुअघि मनले खाएका गुरुलाई सुझावका लागि बुझायो । गुरुले `सबै ठीक छ, तर …´ भन्दै नयाँ नियम पढेर वर्णविन्यास सच्याउनुपर्ने सल्लाहसहित रातो मसीले सङ्केत गरिदिए । उसले वर्णविन्यासका आधुनिक नियम पढेर सच्यायो ।

`तै एकचोटि विज्ञलाई त देखाऊँ´ । विज्ञसँग पनि सुझाव माग्यो । विज्ञले नाक खुम्च्याउँदै `हल्का भएको´ आरोप तेसारे ।उसले गरुङ्गो बनाउन खोज्यो । `फिक्सन´ नै नभएपछि कसरी पढ्न मजा हुन्छ हो तपाईंको रचनामा ?´ अर्का विज्ञले खिस्याउँदै आफ्नो विद्वता ओकले । उसले जबर्जस्ती कथा कोचार्यो । `केटाकेटी पाराले लेख्नुहुँदो रहेछ ।´ एकथरिले उल्लीबिल्ली बनाए । उसले ठूलाबडाले रुचाउने खालको परिपक्व बनाउन खोज्यो ।
`कसैले `मूर्त भयो´ भनेर खिस्याए । `यसरी सजिलै बुझिने पनि साहित्य हुन्छ ?´ भनेर होच्याए ।
उसले सकेसम्म नबुझिने बनाउनु पर्ने रहेछ भन्ने सोचेर त्यसै गर्यो ।
`शब्दचयन फितलो भयो´ । अर्का विज्ञले निधारै मुजा पर्ने गरेर आँखा तर्दै पातो हुर्याइदिए ।
उसले शब्दकोशको सहायताले जटिल तत्सम शब्द राखेर मिलायो ।
`व्याकरणिक त्रुटि भयो ।´ `भाषिकाको प्रयोग गरेर तपाईंले मात्रै बुझ्ने हो र ?´ आफूलाई भाषाविज्ञानका ज्ञाता ठान्नेहरूले भाषिक दोष अ उसले मानक भाषालाई नै जोड दिएर सोहीबमोजिम लेख्यो ।
कसैले उसको रचनामा `जातीय आक्षेप देखिएको´, `लैङ्गिक पक्षपातको गन्ध आएको´, `अपाङ्ग मैत्री हुन नसकेको´ जस्ता कमजोरी देखाइदिए । कतिले `लोकतन्त्रको मर्मअनुरूप नभएको´ भन्दै कानुनी कुरा गरे ।
उसले `हस्´ भन्दै सकेसम्म लोकतान्त्रिक र कानुनसम्मत बनाउने उपाय खोज्यो ।
तर कसैले पनि ठीकै छ, राम्रै लेख्यौ भनेर हौसला दिनु आफ्नो धर्म ठानेनन् ।
`सबैले भनेको मान्दै जाने हो भने मैले त नलेखे पनि हुने रहेछ´ भनेर ऊ एकैछिन त खङ्ग्र्याङ-खुङ्ग्रुङ्गै भयो अनि काँटछाँट गरिसकेपछि तयार भएको आफ्नो रचना पुनः पढ्यो । उसलाई यो रचना आफ्नो हो जस्तै लागेन । किन-किन उसले यो रचनामा कत्ति पनि मिठास भेटेन । नयाँ रचना उसलाई गाईजात्रे लाग्यो, खिचडी जस्तो लाग्यो । सामान्य पाठकले कस्तो प्रतिक्रिया दिँदा रहेछन् भन्ने सोचेर उसले आफूले सुरुमा जे लेखेको थियो त्यही रचना नै जस्ताको तस्तै पत्रिकामा छाप्न पठायो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

13 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

13 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago