उद्धव प्याकुरेल

सिउँडी, जसलाई अंग्रेजीमा Morning Glory भनिन्छ । यो प्रायः उष्ण तथा समशीतोष्ण क्षेत्रमा पाइने एक किसिमको चढ्ने लहरे प्रजातिको फूलदार बोट हो । यसलाई वैज्ञानिक रूपमा Ipomoea प्रजातिमा वर्गीकृत गरिन्छ । यसको पात हरियो हृदयाकार हुन्छ भने फूलहरू निलो, गुलाबी, बैजनी, सेतो, रातो लगायतका रङहरूमा पाइन्छन् । बिहान घाम लाग्नासाथ फूल फुल्ने भएकाले यसलाई “Morning Glory” भनिएको हो ।
यसको पाकेका दाना काला हुन्छन् । बजारमा साबुन आउनुभन्दा पहिला सिँउडीका दानालाई पिसेर साबुनको रूपमा प्रयेग हुने गरेको थियो । अहिले यो वनस्पति लोप हुँदै जान लागेको देखिन्छ । सिउँडीको बोट छिटो बढ्छ र लहरे प्रकृतिको हुन्छ । यसले झ्याल, पर्खाल वा अरू रुख-बिरुवामा सजिलै फैलिन्छ। यो बिहान फूल फुल्छ र दिउँसो वा साँझ ओइलिन्छ । प्रायः सिउँडीको बोटलाई सूर्यको प्रकाश मन पर्छ । कम पानीमा पनि बाँच्न सक्छ र उष्ण तथा समशीतोष्ण हावापानीमा राम्रोसँग फस्टाउँछ।
सिउँडी बगैँचाको सजावट र पर्खाल वा बारलाई हराभरा र आकर्षक बनाउन प्रयोग गरिन्छ । सार्वजनिक पार्क र घरको झ्यालमा लहराएर राख्दा वातावरणलाई सुन्दर देखाउँछ । प्राचीन चिकित्सा प्रणालीमा यसको बिउ र पातहरू पाचन समस्या, झाडापखाला र वान्ता रोक्न, सुगर, प्रेसर रोगमा प्रयोग गरिएको पाइन्छ । केही प्रजातिहरूको बीउमा प्राकृतिक रसायनहरू पाइने भएका कारणा मनोवैज्ञानिक प्रभाव पर्ने हुनाले नियन्त्रणमा मात्र प्रयोग गरिन्छ । यो लहरे बोटले माटोको कटान रोक्न सहयोग गर्छ । फुलहरूले माहुरी, पुतली र अन्य किराहरूलाई आकर्षित गर्ने भएकाले परागसेचनमा सहयोग पुर्याउँछ । सिउँडीले पर्यावरण र जैविक विविधतामा टेवा पुर्याउँछ ।
यसलाइ सजिलै बढाउन र निकाल्न सकिने कारण घर बगैँचाका लागि लोकप्रिय छ । औषधीय गुणका कारण पारम्परिक स्वास्थ्य उपचारमा यसको प्रयोग मूल्यवान् मानिन्छ । सिउँडी मात्र सजावटका लागि नभएर पर्यावरणीय संरक्षण र औषधीय महत्वका दृष्टिले पनि उपयोगी छ ।

सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

10 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

10 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

11 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

11 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago