उद्धव प्याकुरेल
सिउँडी, जसलाई अंग्रेजीमा Morning Glory भनिन्छ । यो प्रायः उष्ण तथा समशीतोष्ण क्षेत्रमा पाइने एक किसिमको चढ्ने लहरे प्रजातिको फूलदार बोट हो । यसलाई वैज्ञानिक रूपमा Ipomoea प्रजातिमा वर्गीकृत गरिन्छ । यसको पात हरियो हृदयाकार हुन्छ भने फूलहरू निलो, गुलाबी, बैजनी, सेतो, रातो लगायतका रङहरूमा पाइन्छन् । बिहान घाम लाग्नासाथ फूल फुल्ने भएकाले यसलाई “Morning Glory” भनिएको हो ।
यसको पाकेका दाना काला हुन्छन् । बजारमा साबुन आउनुभन्दा पहिला सिँउडीका दानालाई पिसेर साबुनको रूपमा प्रयेग हुने गरेको थियो । अहिले यो वनस्पति लोप हुँदै जान लागेको देखिन्छ । सिउँडीको बोट छिटो बढ्छ र लहरे प्रकृतिको हुन्छ । यसले झ्याल, पर्खाल वा अरू रुख-बिरुवामा सजिलै फैलिन्छ। यो बिहान फूल फुल्छ र दिउँसो वा साँझ ओइलिन्छ । प्रायः सिउँडीको बोटलाई सूर्यको प्रकाश मन पर्छ । कम पानीमा पनि बाँच्न सक्छ र उष्ण तथा समशीतोष्ण हावापानीमा राम्रोसँग फस्टाउँछ।
सिउँडी बगैँचाको सजावट र पर्खाल वा बारलाई हराभरा र आकर्षक बनाउन प्रयोग गरिन्छ । सार्वजनिक पार्क र घरको झ्यालमा लहराएर राख्दा वातावरणलाई सुन्दर देखाउँछ । प्राचीन चिकित्सा प्रणालीमा यसको बिउ र पातहरू पाचन समस्या, झाडापखाला र वान्ता रोक्न, सुगर, प्रेसर रोगमा प्रयोग गरिएको पाइन्छ । केही प्रजातिहरूको बीउमा प्राकृतिक रसायनहरू पाइने भएका कारणा मनोवैज्ञानिक प्रभाव पर्ने हुनाले नियन्त्रणमा मात्र प्रयोग गरिन्छ । यो लहरे बोटले माटोको कटान रोक्न सहयोग गर्छ । फुलहरूले माहुरी, पुतली र अन्य किराहरूलाई आकर्षित गर्ने भएकाले परागसेचनमा सहयोग पुर्याउँछ । सिउँडीले पर्यावरण र जैविक विविधतामा टेवा पुर्याउँछ ।
यसलाइ सजिलै बढाउन र निकाल्न सकिने कारण घर बगैँचाका लागि लोकप्रिय छ । औषधीय गुणका कारण पारम्परिक स्वास्थ्य उपचारमा यसको प्रयोग मूल्यवान् मानिन्छ । सिउँडी मात्र सजावटका लागि नभएर पर्यावरणीय संरक्षण र औषधीय महत्वका दृष्टिले पनि उपयोगी छ ।
रम्भा पौडेल चन्द्रागिरि —७ काठमाण्डौ “फेरी के ल्याउनुभो ?” बाबाले बिरुवा भुईमा राख्न नपाउँदै आमाको…
डा छायादत्त न्यौपाने फुलै फूल फुलाउने कस्तो राम्रो बानी मन धाेई सुकाउने नानी कति ज्ञानी…
रञ्जुश्री पराजुली मन्टु उसको घरमा माया गरेर बोलाउने नाम हो । स्कुलमा उसको नाम आर्जुन…
होम सुवेदी एक दिन विद्यालयमा अड्काे थाप्ने खालकाे प्रश्न पुष्पा मिसले कक्षाका सबै विद्यार्थीलाई सोध्नुभयो,…