लता के सी
तीनकुने , काठमाडौँ

“साँप , साँप !” भुँराहरू पोखरीमा छट्पटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो। आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू ठूलो चिन्तामा परे। एउटाले सुझायो , ” ठूलो माछालाई खवर गरौँ ? आखिर हामी सबैको रक्षक उनी नै हुन् । ” कसै गरेर उनीहरू ठुुलो माछाकोमा पुगे । ऊ शानसँग ठुुलो माछाको कुर्सीमा बिराजमान थियो । उनीहरूले समस्या राखे । सुन्नासाथ ऊ तात्तियो , ” पोखरीमा सुरक्षाका सबै तरिकाहरू अपनाइएको छ तर सर्पहरू कसरी छिरे ? ”
वयस्कहरू निरीहझैँ चूपचाप बसे । उसले हुकुमी पाराले आदेश गर्यो, “जाओ , पत्ता लगाओ ।”
उनीहरु सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन् ।
ठूलो माछा रन्किएर उनीहरुको झाँको झार्दै भन्यो , ” यत्ति सानो काम गर्न सक्दैनौ ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ ? ”
ठूलो माछा आफैँ मैदानमा उत्रियो ।केही बेरमै साँपहरू पोखरीबाट गायब भए ।भुरा र वयस्क सबै माछाहरू खुसी भए। संकट मोचन गरेकोमा उनीहरुले जयजयकार गरे। । ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो ।
ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो , ” सत्ता बचाइराख्न प्रतिद्वन्दीसँग कसरी मेलमिलाप गर्नु पर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

23 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

23 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

24 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago