लता के सी
तीनकुने , काठमाडौँ
“साँप , साँप !” भुँराहरू पोखरीमा छट्पटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो। आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू ठूलो चिन्तामा परे। एउटाले सुझायो , ” ठूलो माछालाई खवर गरौँ ? आखिर हामी सबैको रक्षक उनी नै हुन् । ” कसै गरेर उनीहरू ठुुलो माछाकोमा पुगे । ऊ शानसँग ठुुलो माछाको कुर्सीमा बिराजमान थियो । उनीहरूले समस्या राखे । सुन्नासाथ ऊ तात्तियो , ” पोखरीमा सुरक्षाका सबै तरिकाहरू अपनाइएको छ तर सर्पहरू कसरी छिरे ? ”
वयस्कहरू निरीहझैँ चूपचाप बसे । उसले हुकुमी पाराले आदेश गर्यो, “जाओ , पत्ता लगाओ ।”
उनीहरु सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन् ।
ठूलो माछा रन्किएर उनीहरुको झाँको झार्दै भन्यो , ” यत्ति सानो काम गर्न सक्दैनौ ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ ? ”
ठूलो माछा आफैँ मैदानमा उत्रियो ।केही बेरमै साँपहरू पोखरीबाट गायब भए ।भुरा र वयस्क सबै माछाहरू खुसी भए। संकट मोचन गरेकोमा उनीहरुले जयजयकार गरे। । ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो ।
ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो , ” सत्ता बचाइराख्न प्रतिद्वन्दीसँग कसरी मेलमिलाप गर्नु पर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा ? “
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…