अम्बिका धिताल
कमलविनायक भक्तपुर

“कति नयाँ नयाँ मान्छेहरु हातमा के के बोकेर आइरहेछन् आजभोलि?” हजुरआमाले जिज्ञासा राखेपछि आमाले उत्तर दिनुभयो, “ खै आमा , तल हजुरको छोरालाई भेटेर नै फर्किएको देख्छु।”
“ए नानी पोहोर मात्र भएको होइन चुनाव? कि फेरि पनि हुन लाग्यो ? पहिला त म भएको ठाउँमा नै आएर गफ गर्थे, यसो आफ्नो न्यास्रो पनि मेटिन्थ्यो। आफू हिँड्न सकिँदैन । उनीहरु माथि आउँदैनन् बुझ्नै सकिएन बा।”
आमाले भन्नुभयो “चुनाव आएको त सुनेकी छैन मैले पनि,सहकारीहरूबाट आएका हुन् कि आमा!”
“मलाई त वर्षमा दुईपटक चुनाव आए पनि हुन्थ्यो जस्तो लाग्छ नानी।”
हजुरआमाको कुराले आमालाई जान्ने इच्छा जाग्यो र भन्नुभयो,किन नि आमा?”
हजुरआमा उत्साहित हुँदै बोल्नुभयो, “ हेर नानी हामीजस्ता एउटै ठाउँमा कुजिएर बस्नुपर्ने बुढाबुढीहरूको पनि त्यो बेलामा कति महत्व हुन्छ। भेट्ने, कुरा गर्ने मात्र हो र चुनावको दिनमा घरघरमा नै लिन आएर लैजान्छन्। एकदिन भएपनि गाउँका सबैलाई भेट्न पाएर मन फुरुङ्ग हुन्छ।”
“कस्तो व्यापार भयो यस्तो क्षेत्रमा नि” भन्दै आइपुग्नुभयो बुबा।
हजुरआमाले सोध्नुभयो “को आएका बाबु तल ? आजभोलि दिनदिनै आएका देख्छु।”
“स्कुलहरूबाट आएका आमा। छोराछोरी मेरो स्कुलमा पढाइ दिनुस् भन्न।”
“ ए त्यसो पो ,पठाइदेन त। आफूले आखाँ नदेखेर दुःख पाइयो । पढ्न पाउँछन् नि उनीहरूले ।”
निराश हुँदै बुबा बोल्नुभयो “आमा! तिस पैँतिस वटा स्कुलबाट आइसके सबैलाई चाहिएको छ विद्यार्थी। कस्तो जमाना आयो तानातानको दिक्क लाग्ने ।”
“हो र, विद्यार्थी बटुल्न पो हिँडेका ती? साँच्चै बाबु भन् त । एउटा स्कुलमा पढाउने क र अर्को स्कुलमा पढाउने क पनि छुट्टाछुट्टै किसिमको छ हो अचेल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago