अम्बिका धिताल
कमलविनायक भक्तपुर
“कति नयाँ नयाँ मान्छेहरु हातमा के के बोकेर आइरहेछन् आजभोलि?” हजुरआमाले जिज्ञासा राखेपछि आमाले उत्तर दिनुभयो, “ खै आमा , तल हजुरको छोरालाई भेटेर नै फर्किएको देख्छु।”
“ए नानी पोहोर मात्र भएको होइन चुनाव? कि फेरि पनि हुन लाग्यो ? पहिला त म भएको ठाउँमा नै आएर गफ गर्थे, यसो आफ्नो न्यास्रो पनि मेटिन्थ्यो। आफू हिँड्न सकिँदैन । उनीहरु माथि आउँदैनन् बुझ्नै सकिएन बा।”
आमाले भन्नुभयो “चुनाव आएको त सुनेकी छैन मैले पनि,सहकारीहरूबाट आएका हुन् कि आमा!”
“मलाई त वर्षमा दुईपटक चुनाव आए पनि हुन्थ्यो जस्तो लाग्छ नानी।”
हजुरआमाको कुराले आमालाई जान्ने इच्छा जाग्यो र भन्नुभयो,किन नि आमा?”
हजुरआमा उत्साहित हुँदै बोल्नुभयो, “ हेर नानी हामीजस्ता एउटै ठाउँमा कुजिएर बस्नुपर्ने बुढाबुढीहरूको पनि त्यो बेलामा कति महत्व हुन्छ। भेट्ने, कुरा गर्ने मात्र हो र चुनावको दिनमा घरघरमा नै लिन आएर लैजान्छन्। एकदिन भएपनि गाउँका सबैलाई भेट्न पाएर मन फुरुङ्ग हुन्छ।”
“कस्तो व्यापार भयो यस्तो क्षेत्रमा नि” भन्दै आइपुग्नुभयो बुबा।
हजुरआमाले सोध्नुभयो “को आएका बाबु तल ? आजभोलि दिनदिनै आएका देख्छु।”
“स्कुलहरूबाट आएका आमा। छोराछोरी मेरो स्कुलमा पढाइ दिनुस् भन्न।”
“ ए त्यसो पो ,पठाइदेन त। आफूले आखाँ नदेखेर दुःख पाइयो । पढ्न पाउँछन् नि उनीहरूले ।”
निराश हुँदै बुबा बोल्नुभयो “आमा! तिस पैँतिस वटा स्कुलबाट आइसके सबैलाई चाहिएको छ विद्यार्थी। कस्तो जमाना आयो तानातानको दिक्क लाग्ने ।”
“हो र, विद्यार्थी बटुल्न पो हिँडेका ती? साँच्चै बाबु भन् त । एउटा स्कुलमा पढाउने क र अर्को स्कुलमा पढाउने क पनि छुट्टाछुट्टै किसिमको छ हो अचेल।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…