Categories: बाल कथा

गाईजात्रा


लता के.सी
तीनकुने,काठमाडौँ
हाल – टेक्सास,अमेरिका

“कत्ति रोइ मात्र रहेकी ? ऊ हेर त, सहरमा तिम्रो मात्र छोरा मरेको हो र ?” राजाले रानीलाई औँलाको सङ्केतले बाहिर देखाए।
रानीले सुक्क सुक्क गर्दै सोधिन्, “किन यो गाईहरुलाई सिङ्गारेर जुलुस निकालिएको ?”
राजाले भने, “जस जसका घरमा जति मानिसको मृत्यु भएको छ, प्रत्येकको आत्माशान्तिको लागि उति नै सङ्ख्यामा गाईको जात्रा निकाल्नू। ” भनेर मैले जनतालाई आदेश दिएको थिएँ।
उनले रून बन्द गर्दै वाचा गरिन्, “जन्मपछि मृत्यु सास्वत हो भन्ने बुझेर पनि आफूलाई सम्हाल्न सकिनँ । अब छोराको पीर लिएर रुँदिनँ।”
राजा आफ्नो बुद्धिको खेलमा सफल भए। उनको मुहार उज्यालो भयो। कृष्णले गाईजात्राको बारेमा आफुले पढेको ऐतिहासिक कथा छोरालाई सुनाइरहेका थिए।
चाख मान्दै सुनिरहेको छोराले सोध्यो, “बुबा ! ऊ बेला त कुनै प्रयोजनका लागि पो गाईजात्रा सुरु भएको रहेछ है ?”
उनले हाँस्दै भने, “हो नि बाबू ! अहिलेको संघीय गणतन्त्रमा के सदन, के सडक ? जताततै अर्थहीन गाईजात्रै गाईजात्रा !”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

10 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago