डा छायादत्त न्यौपाने
आऊ न जून साथी
मैले छुनै नसक्ने गरी
टाढा धेरै टाढा नबस
मेरो आँगनमा आऊ
आऊ साथी मसँगै खेल्न आऊ
म छु नि असजिलो नमानी आऊ
म तिमीलाई सुमसुम्याउँछु
तिमी शीतल स्नेह बाँड्न आऊ
म तिमीलाई मेरै अँगालोमा बेरेर
आँगनदेखि भित्रैसम्म लान्छु
मलाई मन पर्ने साथी तिमी
उज्यालो लिएर सबैतिर आऊ
कस्तो राम्रो छ बानी तिम्रो
मलाई पनि उज्यालो छर्न मन छ
उस्तै बराबर झलल्ल उज्यालो
कतै अँध्यारो नरहने गरी आऊ
मलाई आफ्नै साथी बनाउन आऊ
आँगन, आँगनभरि लहरै
तिम्राे हात समातेर डुल्नु छ मैले
अलमल नगरी घर घरमा आऊ
म तिम्रो स्वागतका लागि आतुर साथी
तिमी मेरो मन-मस्तिष्क दुवैको साथी
तिमी हृदयमा स्नेह खुट्टामा गति लिएर
मुस्कुराउँदै आयौ,आहा कति रमाइलो!
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…