रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो
जहिले पनि यात्रा मेरो आकाशमाथि हुन्थ्यो
बादलसँग खेल्दै खेल्दै डुल्न घुम्न पाइने
डाँडाकाँडा नाघ्न पाइने हिमाल चुम्न पाइने
फर्की आउँथेँ आफ्नै बस्ती जब राति हुन्थ्यो
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो
चारो खोज्दै बेलाबेला जङ्गलमा चर्थेँ
खोल्साखोल्सी खोज्थेँ अनि पानी खान झर्थेँ
तारा साथी हुन्थ्यो मेरो जून साथी हुन्थ्यो
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…