हिमा आर.सी
” ए ! आयौ ! मेरा दुबै बहिनीहरू रोशनले आफ्ना बहिनीहरूलाई देखेपछि खुसी हुँदै भने। सिमाले भनिन् , “दाइ गाउँकाे उकालो बाटो हिंड्दै आएको कस्तो थकाइ लागेको छ कोठामा जाउन। ”
रोशनले उनीहरूलाई आफ्नो कोठामा लिएर गए । उनले सोफामा बस्दै भने , ” अनि मेनुका बाटोमा कतै अप्ठ्यारो त भएन नि ? ”
” के अप्ठ्यारो हुन्थ्यो र दाइ गाडीमा आएको बरु सिमालाई अप्ठ्यारो भयो कि ?” मेनुकाले भनिन् ।
सिमा बोल्न नपाउँदै रोशनले भने ।
“यसलाई के अप्ठ्यारो हुन्थ्यो ? मज्जाले हिंड्दै आउनेलाई ” रोशनको कुराले सिमालाई खल्लो लाग्यो ।
” ल , बहिनी पहिले राखी बाँधौँ अनि खाना खाउला ”
दुबै जनाले रोशनलाई पालैपालो राखी बाँधीदिए । रोशनले भने ।
” सिमा घरमा बढी खर्च भएको हुँदा । यसपटक तँलाई दिनलाई केही भएन । तेरो दिदी मेनुकालाई त्यत्तिकै पठाउ भने धनी घरमा गएकी एकजोर कपडासम्म दिन सकेनछ भन्छन कि ? भनेर उसलाई किनिदिएको मन नदुखा है ! ”
रोशनको यस्तो कुरा सुनेपछि सिमाले भनिन् ।
” दाइ आज राखी बाँध्ने बिशेष दिन भनेर आएकी थिएँ । तर होइन रहेछ यहाँ आउँदा बिशेष बनेर मात्र आउनुपर्ने रहेछ ?”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…