Categories: बाल कथा

चिन्तन


सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
हाल:अष्ट्रेलिया,क्यानवेरा

“बा ! म ठूलो भएपछि विदेश जान्छु है ।” छोराले प्रश्न फ्याँक्यो ।
‘हुन्छ छोरा तिम्रो बिचार।’ अलि भावुक हुँदै उहाँले उत्तर दिनुभयो।
बिहान सुर्योदय भएदेखि नअस्ताउन्जेलसम्म बा घरको काममा व्यस्त हुनुहुन्थ्यो। आँफुले सक्ने सबै कामहरू बालाई सघाउने गर्थ्यो ऊ।
अनिस सानै थियो तर बाको हरेक भावनाहरू बुझ्थ्यो। बाले बिहानदेखि बेलुकासम्म काम गरेको देखेर उसलाई मैले नि केही गर्नुपर्छ भन्ने बिचार आयो।
“म विदेशमा गएँ भने तपाईँको हेरचाह कस्ले गर्छ त ? पुनः बालाई आफ्नो कुरा राख्यो।
“म आफ्नो हेरचाह आफैँ गरिहाल्छु नि छोरा।”
“तेतिबेला तपाईँ बुढो हुनुभएको हुन्छ अनि!”
“के भयो त छोरा, म बुढो भएपछि भगवान्को घर जान्छु ।” उहाँले खुइय्या गर्दै गहिरो बिचारमा सोच्दै हुनुहुन्थ्यो।
“बा ! ……..”
“हजुर छोरा,”
“उसो भए ,म विदेश जान्न है ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

24 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago