सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
हाल:अष्ट्रेलिया,क्यानवेरा
“बा ! म ठूलो भएपछि विदेश जान्छु है ।” छोराले प्रश्न फ्याँक्यो ।
‘हुन्छ छोरा तिम्रो बिचार।’ अलि भावुक हुँदै उहाँले उत्तर दिनुभयो।
बिहान सुर्योदय भएदेखि नअस्ताउन्जेलसम्म बा घरको काममा व्यस्त हुनुहुन्थ्यो। आँफुले सक्ने सबै कामहरू बालाई सघाउने गर्थ्यो ऊ।
अनिस सानै थियो तर बाको हरेक भावनाहरू बुझ्थ्यो। बाले बिहानदेखि बेलुकासम्म काम गरेको देखेर उसलाई मैले नि केही गर्नुपर्छ भन्ने बिचार आयो।
“म विदेशमा गएँ भने तपाईँको हेरचाह कस्ले गर्छ त ? पुनः बालाई आफ्नो कुरा राख्यो।
“म आफ्नो हेरचाह आफैँ गरिहाल्छु नि छोरा।”
“तेतिबेला तपाईँ बुढो हुनुभएको हुन्छ अनि!”
“के भयो त छोरा, म बुढो भएपछि भगवान्को घर जान्छु ।” उहाँले खुइय्या गर्दै गहिरो बिचारमा सोच्दै हुनुहुन्थ्यो।
“बा ! ……..”
“हजुर छोरा,”
“उसो भए ,म विदेश जान्न है ।”
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…
मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…
दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…