सरिता पराजुली
चन्द्रागिरि- १५, काठमाडाैं
पहाडकाे तलतिर सानाे सानाे गाउँ
नमुना हाे जान साथी याे गाउँकाे नाउँ
ढुङ्गा माटाे दुबै मिली बनेका छन् घर
दुबैलाई रहेछ नि एक-अर्काकाे भर।
खेतभरि झुलेका छन् पहेंलपुर धान
परिश्रमी किसानलाई छैन दु:ख खान
ताेरी फुली बारीभरि भयाे चहचह
माहुरीले रस चुसी बनाउँछ मह।
हिमालकाे चिसाे हावा चल्ने सररर
पहाडकाे चिसाे पानी मनै हररर
डिलभरि फलेका छन् फल थरिथरि
सबकाे मन लाेभ्याउँछन् यिनले घरिघरि।
रिस राग छल कपट छैन केही त्यस्ताे
रमणीय सुन्दर स्थल हाेला काहीँ यस्ताे?
स्वर्गसरि रमाइलाे लाग्छ मेराे गाउँ
यस्ताे सुन्दर गाउँ हेर्न लाै न साथी आऊ।
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…
मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…
धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.info/si-LK/register-person?ref=LBF8F65G