Categories: बाल कथा

चोखो प्रेम


बालकृष्ण गजुरेल
हेलम्बु-६, सिन्धुपाल्चोक

“प्रेम कि आकर्षण छोरी ?” बिनिताको आमाले सोध्नु भयो।
बिदेशी प्रेम दिवसको संस्कृतिले यूवालाई नराम्ररी लठ्याउँथ्यो। आखिर ! प्रेमको भाषा सबैलाई मन पर्थ्यो । नेपालमा गुरु पुर्णिमा, बा को मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन जस्ता अद्भुत चाड मान्दै नआएको पनि होइन । फागु पुर्णिमा प्रेमिल जोडीको लागि प्रेम दिवस नै थियो । आपसमा जोश भरेर रंगिन बनाउँथ्यो । विनिता सोच्थिन्, “मेरो लागि उ बाँच्नु पर्छ । जीउनु पर्छ।”
बिनिता आकर्षणमा थिइन् । आकर्षण एक प्रकारको हिप्नोटाइज्ड प्रक्रिया थियो । प्रेमीलाई राजा बनाउँदा आफू रानी बनिन्थ्यो । उनले प्रक्रिया चटक्क भुलिन् । दास झैँ व्यवहार गर्न थाले पछि उनको सम्बन्धमा दरार आयो । बिनय विनिताको मित्रताको डोरी जाल चुँडी अलि परपर हुँदै गयो । जहाँ आत्म सम्मान हुँदैनथ्यो त्यहाँ विद्वान बस्दैनथे । विनिताको आमाले विगत सम्झेर झस्कनु भयो ।
“राधा कृष्णको प्रेम थाहा छ छोरी ?” प्रेम दिवसको दिन विनिताको आमाले छोरीलाई सम्झाउँदै सोध्नुभयो ।
“थाहा छ किन थाहा नहुनु ? सात जुनी सम्म सँगसँगै सह यात्रा ।” विनिताले फ्याट्ट फड्कारिन् ।
“श्री कृष्ण र राधा अरुकै श्रीमान तथा श्रीमती भए पनि आपसमा श्रध्दा नै श्रध्दा थियो रे !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

7 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago