डा. कुसुमाकर शर्मा गौतम
“ल ! खाना तयार भयो।”
दशैँको टीका थाप्न गाउँ पुगेको छोरा र श्रीमानलई खाना खान बोलाउनुभयो त्रिभुवनचन्द्रकी आमाले।
‘आहा ! जरन धानको भात खान पाइने भयो धेरै दिनपछि ।’ मनमनै खुसी भए त्रिभुवनचन्द्र । खुसी पनि किन नहुन ? गैरी खेतको जरन धानले उनलाई नाम दिएको छ । काम दिएको छ । विशेषज्ञ बनेर उनले विश्वलाई जरन धान चिनाए।
बुबासँग खाना खान बसे उनी । सधैँ जरन धानको भातमा जिब्रो बसेको त्रिभुवनचन्द्र पहिलो गासमै कराए, “यो त जरन धानको भात हैन त ! दिउँसो घर भित्र छिर्दा धनसार छोएको थिएँ । भरि थियो धानले । यो के गरेको आमा ?” पुलुक्क त्रिभुवनचन्द्रलाई हेर्दै बुबाले भन्नुभयो, “तिमीले असार पन्ध्र मनाउने भनेर कार्यक्रम बनायौ । तर त्यो कार्यक्रममा सहभागी हुनु अघि शहर फर्किहाल्यौ । तिमीले अह्राएका युवाहरूले हाम्रो गैरीखेतमा राखेको जरन धानको बिउ काटेर कार्यक्रममा आएका सबैलाई माला लगाइदिएछन् । बीऊ नै नभए पछि के धान रोपाई भयो र ?”
“अनि के खुवाउनु भयो त आज यस्तो ? छ्या !” त्रिभुवनचन्द्रको रिस मरेको थिएन ।
“खेत खाली राख्न भएन । मकै रोपियो । त्यही मकैको च्याँख्लाको भात हो ।” आमाले कुरो टुङ्ग्याउनु भयो ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…