डा. कुसुमाकर शर्मा गौतम

“ल ! खाना तयार भयो।”
दशैँको टीका थाप्न गाउँ पुगेको छोरा र श्रीमानलई खाना खान बोलाउनुभयो त्रिभुवनचन्द्रकी आमाले।
‘आहा ! जरन धानको भात खान पाइने भयो धेरै दिनपछि ।’ मनमनै खुसी भए त्रिभुवनचन्द्र । खुसी पनि किन नहुन ? गैरी खेतको जरन धानले उनलाई नाम दिएको छ । काम दिएको छ । विशेषज्ञ बनेर उनले विश्वलाई जरन धान चिनाए।
बुबासँग खाना खान बसे उनी । सधैँ जरन धानको भातमा जिब्रो बसेको त्रिभुवनचन्द्र पहिलो गासमै कराए, “यो त जरन धानको भात हैन त ! दिउँसो घर भित्र छिर्दा धनसार छोएको थिएँ । भरि थियो धानले । यो के गरेको आमा ?” पुलुक्क त्रिभुवनचन्द्रलाई हेर्दै बुबाले भन्नुभयो, “तिमीले असार पन्ध्र मनाउने भनेर कार्यक्रम बनायौ । तर त्यो कार्यक्रममा सहभागी हुनु अघि शहर फर्किहाल्यौ । तिमीले अह्राएका युवाहरूले हाम्रो गैरीखेतमा राखेको जरन धानको बिउ काटेर कार्यक्रममा आएका सबैलाई माला लगाइदिएछन् । बीऊ नै नभए पछि के धान रोपाई भयो र ?”
“अनि के खुवाउनु भयो त आज यस्तो ? छ्या !” त्रिभुवनचन्द्रको रिस मरेको थिएन ।
“खेत खाली राख्न भएन । मकै रोपियो । त्यही मकैको च्याँख्लाको भात हो ।” आमाले कुरो टुङ्ग्याउनु भयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

35 minutes ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 hour ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago