नन्दलाल आचार्य
उदयपुर
“तपाईँलाई हाम्रा रुखहरूको सुस्केरा सुन्न गाह्रो लाग्दैन ?” रामले गाउँका अगुवाहरूसँग सोधे।
छलफलका लागि गाउँलेहरू पञ्चवटीका पाँच पीपलको वरिपरि भेला भएका थिए । ती रुख मात्र थिएनन्, गाउँको इतिहास र परम्पराको साक्षी थिए । तर, कालो गाडीमा आएका व्यक्तिले गाउँलाई आधुनिक बनाउन पञ्चवटी उजाड बनाउनुपर्छ भनेका थिए।
“हामीले रुखलाई सम्झनामा राख्न सक्छौँ, तर अब सुविधाको आवश्यकता छ ।” एक जना अगुवाले भने । फलतः पहिलो रुख ढल्दा, पातहरूको सुस्केराले गाउँलाई स्तब्ध पार्यो । मानौँ, जीवनका जरा नै उखेलिए । वृद्धहरू आँसुमा रुमलिएका थिए।
रामले भने, “रुख ढलेर प्राप्त हुने सपना, आत्मा गुमाएर प्राप्त हुने छैन।”
अन्ततः बाँकी चार रुख जोगाउन गाउँ एकजुट भयो।
“जरा काटेर उभिन खोज्नु मूर्खता हो ।” सीताले गाउँलेहरूलाई सम्झाउँदै थपिन्, “आधुनिक प्रगतिले पनि परम्पराको सुवर्णमय हात समाउँदै हिँड्नुपर्छ ।”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…