नन्दलाल आचार्य
उदयपुर
“तपाईँलाई हाम्रा रुखहरूको सुस्केरा सुन्न गाह्रो लाग्दैन ?” रामले गाउँका अगुवाहरूसँग सोधे।
छलफलका लागि गाउँलेहरू पञ्चवटीका पाँच पीपलको वरिपरि भेला भएका थिए । ती रुख मात्र थिएनन्, गाउँको इतिहास र परम्पराको साक्षी थिए । तर, कालो गाडीमा आएका व्यक्तिले गाउँलाई आधुनिक बनाउन पञ्चवटी उजाड बनाउनुपर्छ भनेका थिए।
“हामीले रुखलाई सम्झनामा राख्न सक्छौँ, तर अब सुविधाको आवश्यकता छ ।” एक जना अगुवाले भने । फलतः पहिलो रुख ढल्दा, पातहरूको सुस्केराले गाउँलाई स्तब्ध पार्यो । मानौँ, जीवनका जरा नै उखेलिए । वृद्धहरू आँसुमा रुमलिएका थिए।
रामले भने, “रुख ढलेर प्राप्त हुने सपना, आत्मा गुमाएर प्राप्त हुने छैन।”
अन्ततः बाँकी चार रुख जोगाउन गाउँ एकजुट भयो।
“जरा काटेर उभिन खोज्नु मूर्खता हो ।” सीताले गाउँलेहरूलाई सम्झाउँदै थपिन्, “आधुनिक प्रगतिले पनि परम्पराको सुवर्णमय हात समाउँदै हिँड्नुपर्छ ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…