भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
सुमन स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै घरभित्र छिर्यो ।
“होइन, के भयो, किन हस्याङ्फस्याङ् गरेको सन्चो भएन कि कसो ?” श्रीमती अताल्लिई। “जत्ति सम्झाउँदा नि लागेन, साना जातसँग हिड्नु हुँदैन भन्यो, फेरी उस्तै । वरिपरि मुख देखाउन लाज भैसक्यो, भनेको मान्ने होइन ।” सुमन एक्लै बर्बराए “घर, स्कुल जहाँ पनि तिनै छन्, बोल्नुभन्दा स्कुल नै फेरे के होला ?” श्रीमतीले सुझाइन
दुबैजना उसको घर पुगे र ठाडै प्रश्न गरे । ल सुन हर्के, ” तेरो छोरोले मेरो छोरो बिगार्यो, आइन्दा यिनीहरुलाई सँगै देखे भने राम्रो हुँदैन ।” दुबैको चर्काचर्की चल्यो।
“सानो जात भनेर हेपेका, आफ्नै छोरोलाई सम्झाउनु के साटो उल्टै थर्काउदो रहेछ ?” हर्के रिसाउदै जवाफ फर्कायो
छोराहरू भने समय मिल्यो कि सँगै हुन्थे । उनीहरूको मित्रतामा कुनै कमी आएको थिएन, प्रगाढ थियो । छोराकै कारणले दुबै परिवारमा बोलचाल बन्द भएको थियो । दुबै आ-आफ्ना छोराको गतिविधि नियाल्दै थिए । सुमनले प्रलोभन देखाउँदै सम्झाए, ” हर्केको छोरोसँग हिड्न छोडिस् भने तँलाई बाइक किनिदिन्छु ।”
त्यतिकैमा छोराले बाबाको भावमुहार पढ्दै भन्यो, “रगत सबैको रातो हुँदैन र, ब्लड बैँकले कहिल्यै जात सोधेर रगत लिएको छ, आखिर यो भेदभाव किन बाबा ?”
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…