भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
सुमन स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै घरभित्र छिर्यो ।
“होइन, के भयो, किन हस्याङ्फस्याङ् गरेको सन्चो भएन कि कसो ?” श्रीमती अताल्लिई। “जत्ति सम्झाउँदा नि लागेन, साना जातसँग हिड्नु हुँदैन भन्यो, फेरी उस्तै । वरिपरि मुख देखाउन लाज भैसक्यो, भनेको मान्ने होइन ।” सुमन एक्लै बर्बराए “घर, स्कुल जहाँ पनि तिनै छन्, बोल्नुभन्दा स्कुल नै फेरे के होला ?” श्रीमतीले सुझाइन
दुबैजना उसको घर पुगे र ठाडै प्रश्न गरे । ल सुन हर्के, ” तेरो छोरोले मेरो छोरो बिगार्यो, आइन्दा यिनीहरुलाई सँगै देखे भने राम्रो हुँदैन ।” दुबैको चर्काचर्की चल्यो।
“सानो जात भनेर हेपेका, आफ्नै छोरोलाई सम्झाउनु के साटो उल्टै थर्काउदो रहेछ ?” हर्के रिसाउदै जवाफ फर्कायो
छोराहरू भने समय मिल्यो कि सँगै हुन्थे । उनीहरूको मित्रतामा कुनै कमी आएको थिएन, प्रगाढ थियो । छोराकै कारणले दुबै परिवारमा बोलचाल बन्द भएको थियो । दुबै आ-आफ्ना छोराको गतिविधि नियाल्दै थिए । सुमनले प्रलोभन देखाउँदै सम्झाए, ” हर्केको छोरोसँग हिड्न छोडिस् भने तँलाई बाइक किनिदिन्छु ।”
त्यतिकैमा छोराले बाबाको भावमुहार पढ्दै भन्यो, “रगत सबैको रातो हुँदैन र, ब्लड बैँकले कहिल्यै जात सोधेर रगत लिएको छ, आखिर यो भेदभाव किन बाबा ?”
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…
मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…
दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…