Categories: बाल कथा

टोपीको प्रश्न

(टोपी दिवस २०८२ को सन्दर्भमा)

 


लक्ष्मी रिजाल

चोकमा राष्ट्रिय टोपी दिवसको उल्लासको ब्यानरमुनि गर्वले शिर ठाडो पारेर उभिँदा मित्रले व्यङ्ग्यको वाण प्रहार गर्यो, “तँ अझै कसको टोपीको ओत लागेर उभिएको छस् हँ ?”
मैले अल्मलिँदै निधारको ढाका टोपी छामेँ र भनेँ, “टोपी त टोपी नै हो नि मित्र, यसमा कसको नाम लेखिएको हुन्छ र?”
​उसले दार्शनिक मुद्रामा फिस्स हाँस्दै भन्यो, “हिजो खरायो, बाघ र हतौडाको टोपी भिरेर हिँड्थ्यौ, आज नयाँ रङ्गको टोपीमा ठाँटिएका छौ । रङ्ग फेरियो, ढङ्ग फेरिएन भने के अर्थ ?”
​त्यत्तिकैमा भीडमा कोलाहल मच्चियो । कसैले ‘लौरो’को साहसको गाथा गाए, कसैले ‘चिम’को उज्यालोको वकालत गरे त कसैले ‘घण्टी’माथि मात्र किन वज्रपात भन्दै आक्रोश पोखे ।
छेउमै बसेका एक वृद्धले आफ्नो झुत्रो र खुइलिएको टोपीलाई प्रेमपूर्वक मिलाउँदै सुस्केरा हाले, “बाबु, टाउको बाहिरको टोपी फेर्न त एउटा क्षण र केही पैसा भए पुग्छ, तर यो टाउकोभित्रको डर र दासताको मानसिकता फेर्न जुगौँ लाग्दो रहेछ ।”बृद्धका शब्दले म स्तब्ध भएँ । उत्सवको माहोलमा सबैका शिर त ढाकिएका थिए, तर ती भित्रका प्रश्नहरू भने नाङ्गै सडकमा नाचिरहेका थिए । मैले आफ्नै मनलाई सोधेँ- “टोपीको रङ्ग र नाम त जसको भए पनि होला, तर यो विलासी ढाँचाका लागि बगेको रगत र पसिनाको मूल्य आखिर कसले चुकाउँदैछ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

7 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

7 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago