Categories: बाल कथा

तराईमा आँप दोवर


दुर्गा घिमिरे

बिहानै एक पत्रिकाले यसपालि तराईमा आँप दोबर हुने प्रक्षेपण छापेपछि मखनलाल भगतको खुट्टा जमिनमै थिएन।
“यो वर्ष त राम्रै कमाइ हुन्छ,” उनले बगैँचातिर हेर्दै श्रीमतीलाई भने, “हेर न, बोटैभरि कति राम्रा फूल फुलेका छन्!”
श्रीमती मुस्कुराइन्, “भगवानले साथ दिए, हाम्रो दुःखका दिन सकिन्छन् होला।”
पोहरभन्दा यस वर्ष धेरै आँप फल्नेमा मखनलाल ढुक्क थिए। दिनभरि उनी बगैँचामै घुमिरहे—फूलिएका बोटहरू हेर्दै, भविष्यका मीठा सपना सजाउँदै।
तर बेलुकी साँझ पर्न नपाउँदै आकस्मिक हावा–हुरी चल्यो। आकाश गर्जियो, हाँगाहरू हल्लिन थाले। “हे भगवान! यति बेला किन यस्तो?” मखनलाल आत्तिँदै कराए।
हावाहुरी झन् चर्कियो। आँपका कोमल फूलहरू झरेर भुइँभरि छरिए। केहीबेरमै बगैंचा उजाडियो—हाँगामा फूलको नामोनिसान पनि बाँकी रहेन। बिहानको सपना साँझै चकनाचुर भयो।
भोलिपल्ट उनी निस्सासिँदै भित्तामा टाँसिएको त्यो पत्रिका हेर्न थाले। त्यसमा अझै ठूला अक्षरमा लेखिएको थियो— “तराईमा यसपालि आँप दोबर हुने”।
मखनलालले चुपचाप त्यो पाना च्याते। “कागजको भविष्यवाणीले प्रकृतिको मन जित्न सक्दैन रहेछ…।”
उनको स्वर भित्रै कतै हरायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

13 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

13 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago