दुर्गा घिमिरे
बिहानै एक पत्रिकाले यसपालि तराईमा आँप दोबर हुने प्रक्षेपण छापेपछि मखनलाल भगतको खुट्टा जमिनमै थिएन।
“यो वर्ष त राम्रै कमाइ हुन्छ,” उनले बगैँचातिर हेर्दै श्रीमतीलाई भने, “हेर न, बोटैभरि कति राम्रा फूल फुलेका छन्!”
श्रीमती मुस्कुराइन्, “भगवानले साथ दिए, हाम्रो दुःखका दिन सकिन्छन् होला।”
पोहरभन्दा यस वर्ष धेरै आँप फल्नेमा मखनलाल ढुक्क थिए। दिनभरि उनी बगैँचामै घुमिरहे—फूलिएका बोटहरू हेर्दै, भविष्यका मीठा सपना सजाउँदै।
तर बेलुकी साँझ पर्न नपाउँदै आकस्मिक हावा–हुरी चल्यो। आकाश गर्जियो, हाँगाहरू हल्लिन थाले। “हे भगवान! यति बेला किन यस्तो?” मखनलाल आत्तिँदै कराए।
हावाहुरी झन् चर्कियो। आँपका कोमल फूलहरू झरेर भुइँभरि छरिए। केहीबेरमै बगैंचा उजाडियो—हाँगामा फूलको नामोनिसान पनि बाँकी रहेन। बिहानको सपना साँझै चकनाचुर भयो।
भोलिपल्ट उनी निस्सासिँदै भित्तामा टाँसिएको त्यो पत्रिका हेर्न थाले। त्यसमा अझै ठूला अक्षरमा लेखिएको थियो— “तराईमा यसपालि आँप दोबर हुने”।
मखनलालले चुपचाप त्यो पाना च्याते। “कागजको भविष्यवाणीले प्रकृतिको मन जित्न सक्दैन रहेछ…।”
उनको स्वर भित्रै कतै हरायो।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…