Categories: बाल कथा

रहस्य


सुरेशकुमार पाण्डे
दाङ घोराही

“बाबुजी बिहानै देखि केही खाएको छैन।”- एउटा कलिलो बालिकाले शुभम् नजिकै आएर हात पसार्दै भनी। बेलुका अवेर भएको थियो। शुभम् र सुनैना दाङको लागि सवारी साधानको पर्खाईमा थिए। “छैन फुड्कर “-शुभम्ले आफ्नो खल्ती छामे झैँ गर्दै भन्यो। तर ऊ भने टसको मस भईन। सुनैना अलिक दयालु स्वभावकी थिई। त्यो करिव सात आठ वर्षकी बालिकालाई देखेर उसको मनमा दया जाग्यो। उसले पर्स खोली तर पचासको नोट बाहेक साना नोट थिएनन्। “के नाम हो तिम्रो ? -सुनैनाले उसलाई आफूतिर बोलाउँदै सोधी । “जुम्री भन्छन्।” उसले अपत्यारिलो स्वर निकाली। साहेद उसलाई सुनैनाले पनि पैसा दिने छैन भनठानेकी हुनसक्छे। “जुम्री नानी तिम्रो घरमा बा आमा छैनन् ?”- सुनैनाले सोधी । “अहँ कोही पनि छैनन्। एउटा अंङ्कलसङ्ग बस्छु।”-उसले बताई। “ए.ए. अनि अंकलले के काम गर्छन् ?-सुनैनाले सोधी। “खै थाहा छैन ! तर समाज सेवा गर्छन् हाम्रो सथीहरूबाट सुनेको हो।”- जुम्रिले भनी। उसको हात अहिलेपनि शुभम् तिरै पसारिएको थियो। “तिम्रा साथीहरूले के काम गर्छन् त ?”- सुनैनाले सोधी। “यस्तै भिक माग्छन “-उसले सटिकमा भनी। अनि उनीहरू कहाँ बस्छन् ? “-सुनैनाले सोधी। ” हामीसङ्गै अंकलको घरमा ।”-उसले भनी। शुभमलाई उसको भनाइले एउटा सङ्का जगायो। “भोक लाग्या छ लेउ ? “- सुनैनाले यतिवेरसम्म हातमा खेलाई रहेको पचासको नोट निकालेर उसको हातमा थमाउँदै भनी। उसले त्यो नोट फर्काई पर्काई हेरी र मुसुक्कै हाँसी उसको अनुहार उज्यालो भयो। ऊ छिट्टछिटो अगाडि बढी। शुभमले सुनैनालाई सुस्तरी भन्यो “हिंड यसको पछि पछि।”  “किन ?”- सुनैनाले सोधी। “त्यत्तिकै अब बस आउँदैन आज यतै बसौँला तर यो केटी कता बस्दिरहिछ थाहा हुन्छ।”- शुभमले भन्यो र विस्तारै उसको पछिपछि हिंडे। तर धेरै टाडा जानुपरेन बसपार्कको पछाडि केही झुग्गी बस्तीमा पुग्नेबित्तिकै भिखारीको रहश्य बत्ता लाग्यो। एउटा सुटेट् बुटेट् ब्यक्तिलाई सबै भिखारी बालबालिकाले पैसा बुझाए। भर्खरै सुनैनाले जुम्रीलाई दिएको पचासको नोट अहिले सुटेट् बुटेट ब्यक्तिको कब्जामा थियो। “हे भगवान” सुनैनाले शुभम तर्फ हेर्दै यत्ति भनी र उनीहरू फर्किए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

11 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

12 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago