Categories: बाल कथा

बाल मैत्री


गंगाराम ढकाल
सुनवल,नवलपरासी

“नगर पालिका बाल मैत्री घोषित गरिएको ५ बर्ष भएछ । पहिलो बाल मैत्री नगर पालिका कहलाएको छ ।” विदेशबाट भिडियो हेर्दा सार्है खुशी पनि भएथेँ । – नगर प्रमुखले बाल साहित्यिक कार्यक्रमको मञ्चबाट घोषणा गरेका थिए । हलमा बसेका सबैले परर तालि पिटेका थिए ।विभिन्न स्कुलबाट आएका बाल प्रतिनिधिहरूले नगर प्रमुखको खुबै प्रशंसा समेत गरेका थिए । कार्यक्रमको पनि भब्य भिडियो हेरेक थिए।
केही महिना अघि छुट्टीमा स्वदेश हुँदा बाल मैत्री भवन पनि गएँ । भवन बन्द थियो । एकजना बालक गेट बाहिर उभिएको थियो।
“ए, बाबु कुन स्कुलमा पढ्छौ ?”- त्यो दश बाह्र वर्षको बालकलाई देखेर सोधेँ।
ऊ ट्वालल परेर हेरिरह्यो केही बोलेन। “तिमी बाल क्लबमा आएका हौकी क्या हो ?”- फेरी प्रश्न गरेँ । ” होइन “- उसले सटिकमा भन्यो।
अनि कहाँ बस्छौ त ? सटिकमा जान्न खोजे । “ऊ त्यो होटेलमा काम गर्छु ।” -उसले होटेल देखाउँदै भन्यो । अनि खल्तीबाट चुरोट निकाल्यो र लाइटरको सहरामा सल्कायो र लामु धुवाँ फाल्यो । अनि होटेल तिर लाग्यो।
उसलाई देखेर मलाई पनि रिस त उठ्यो तर केही बोलिँन। त्यो बालकको चालचलनले नगर प्रमुखको पाँचबर्ष अगाडि भिडियोमा भनेको पोल खोलिरहेको थियो । “न शिक्षा ?, न संस्कार ?, न सही आचरण ?, न नैतिकता ? न बाल अधिकार ?” मेरो मनमा कुराखेलि रहयो – “कुन आधारमा बालमैत्री घोषणा गरियो होला ?”
हुन त ठूला-बढाले सन्तानलाई पद बाड्ने खेलो त गर्नैपर्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

11 minutes ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago