गंगाराम ढकाल
सुनवल,नवलपरासी
“नगर पालिका बाल मैत्री घोषित गरिएको ५ बर्ष भएछ । पहिलो बाल मैत्री नगर पालिका कहलाएको छ ।” विदेशबाट भिडियो हेर्दा सार्है खुशी पनि भएथेँ । – नगर प्रमुखले बाल साहित्यिक कार्यक्रमको मञ्चबाट घोषणा गरेका थिए । हलमा बसेका सबैले परर तालि पिटेका थिए ।विभिन्न स्कुलबाट आएका बाल प्रतिनिधिहरूले नगर प्रमुखको खुबै प्रशंसा समेत गरेका थिए । कार्यक्रमको पनि भब्य भिडियो हेरेक थिए।
केही महिना अघि छुट्टीमा स्वदेश हुँदा बाल मैत्री भवन पनि गएँ । भवन बन्द थियो । एकजना बालक गेट बाहिर उभिएको थियो।
“ए, बाबु कुन स्कुलमा पढ्छौ ?”- त्यो दश बाह्र वर्षको बालकलाई देखेर सोधेँ।
ऊ ट्वालल परेर हेरिरह्यो केही बोलेन। “तिमी बाल क्लबमा आएका हौकी क्या हो ?”- फेरी प्रश्न गरेँ । ” होइन “- उसले सटिकमा भन्यो।
अनि कहाँ बस्छौ त ? सटिकमा जान्न खोजे । “ऊ त्यो होटेलमा काम गर्छु ।” -उसले होटेल देखाउँदै भन्यो । अनि खल्तीबाट चुरोट निकाल्यो र लाइटरको सहरामा सल्कायो र लामु धुवाँ फाल्यो । अनि होटेल तिर लाग्यो।
उसलाई देखेर मलाई पनि रिस त उठ्यो तर केही बोलिँन। त्यो बालकको चालचलनले नगर प्रमुखको पाँचबर्ष अगाडि भिडियोमा भनेको पोल खोलिरहेको थियो । “न शिक्षा ?, न संस्कार ?, न सही आचरण ?, न नैतिकता ? न बाल अधिकार ?” मेरो मनमा कुराखेलि रहयो – “कुन आधारमा बालमैत्री घोषणा गरियो होला ?”
हुन त ठूला-बढाले सन्तानलाई पद बाड्ने खेलो त गर्नैपर्यो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…