Categories: कविता

“दसैँको गृहकार्य”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

रमाएर यो दसैँ मान्न पाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?
नपढेर बिदामा खेल्यौ भने खेल
अर्को जाँचमा पक्कै नि हुन्छौ तिमी फेल´
सर् मिसका कुराले दिमाग तात्तिन्छ
लेख्दा-लेख्दा थाकेर मनै आत्तिन्छ
छिमेकको साथीले चङ्गा उडायो
थोत्रो जर्किन काटेर मोटर गुडायो
त्यो साथीले खेलेको देखेपछि झन्
मलाई कत्ति लेख्न र पढ्न छैन मन
पढ्नु पर्छ भन्ने कुरा हाम्लाई थाहा छ
चाडको बेला पढ्नै पर्छ भन्ने काहाँ छ ?
किन यस्तो हैरानी किन पेलम् पेल ?
घुँडा मारी लेखूँ म अब कतिन्जेल ?
पिङ् खेल्न´नि पाइएन मनै खन्न छ
सकिएन लेखेर अझै टन्न छ
सर् मिसले यो कुरा मनमा लिनू है !
रमाउने र हाँस्ने-खेल्ने मौका दिनू है !
पढाइको हतारोले टीकै लाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

22 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

23 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

3 days ago