Categories: कविता

“दसैँ बिदा”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

बल्लतल्ल स्कुलले दियो दसैँ बिदा
नअल्मलिई बाटामा घर आएँ सिधा।

किताबकापी झिकेर गृहकार्य थालेँ
सकिकन ढुक्क भई झोलाभित्र हालेँ ।

दसवर्षमा ठूली दिदी विदेशबाट आउने रे
मीठामीठा चकलेट अनि राम्रा लुगा ल्याउने रे।

यसपटक नि पोहोरजस्तै गाउँको घर जानु छ
हजुरआमाले पकाएका मासुभात खानु छ।

पिप्लेडाँडा पुगेर पिङ खेल्दा सररर
सयपत्रीको बास्ना आहा चल्छ हररर।

साथीभाइ रमाउनेछन् भेटघाट हुँदा हर्षले
समृद्धिको दसैँ ल्याओस् फेरि यो वर्षले ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

24 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

2 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

3 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

3 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

3 days ago