Categories: बाल कथा

दक्षिणा

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

दैलातुङ्ग फाँटमा रहेका अन्नपूर्णेश्वर महादेवको दर्शन गर्न जाँदैगर्दा सौरभले गौरवलाई भने” मेरो मामाघर बिर्घा गएर तिमीले के के देखेर आयौ?”
गौरवले भने” तपाईँका जेठा मामाले दैनिक ८ गिलास पानी पिउने , खानामा साग नभए रिसाउने,खानामा सलाद समावेश गर्न सहयोग पुर्याउने ,टुसा उम्रेका अनाजमा जोडदिने,बिहान उठ्ने बित्तिकै एक गिलास मन तातोपानीमा कागतीको रस राखेर पिउने ,मौसम अनुसारको मात्र फलफूल खाने गर्नु भएको देखे।”
सौरवले सोधे ” अनि ठूली माइजुको के बानी थाहा पायौ ?”
गौरवले बताए ” चिसो पेय पदार्थ नपिउने,चिया/ कफी धेरै नपिउने,रेसायुक्त तरकारी रोज्ने ,नुन कम खाने तथा बढी गुलियो नखाने ,तारेको र डढेको मन नपर्ने ,तरकारीको बोक्रा नफाल्ने,भुटेको भटमास मकै चना खाने,साँझ ७ बजे अगावै खाना तयार गर्न सघाउने ,खाना खाएपछि रमाइला कुरा गरेर सवैलाई हँसाउने,चाँडै सुत्न र चाँडै उठ्न पर्छ है भनेर सबैलाई सल्लाह दिने ,आठ घण्टा भने मस्तसँग सुत्न पाउनु पर्छ भन्नु हुँदो रहेछ।”
सौरभले फेरि सोधे ” कान्छा मामाको के बानी थाहा पायौ?”
गौरवले सुनाए ” रक्सी चुरोट र सुुर्तीबाट टाढा रहने,बिहान कम्तिमा ४५ मिनेट हिड्ने ,व्यायाम गर्ने तनावमा नरहने,बिदाको दिन परिवारसँग घुमघाम गर्ने,प्रार्थना र पूजापाठ गर्ने ,जंगफुड फासफुड घरमा छिर्न नदिने ,बेलाबेलामा सबैलाई मनोरञ्जन दिलाउने ,हरेक ६/६ महिनामा शरीर चेकअप गर्ने गराउने ,३/३ महिनामा ब्लड प्रेसर जाँच्ने जचाउने गर्नु हुँदोरहेछ ।”
सौरभले जिज्ञासा राखे” अनि नयाँ भित्रिएकी कान्छी माइजुको स्वभाव कस्तो रहेछ त?”
गौरवको जवाफ रह्यो ” शाकाहारी खानपिन रुचाउने ,दिनहुँ एकपटक सबैलाई मज्जाले हँसाउने,आफूलाई कमजोर नसम्झने,सकारात्मक सोचाइ मात्रै राख्ने ,ध्यानबाट दैनिकी शुरुआत गर्ने गरेको पाएँ।”
सौरभले भने” समग्रमा मेरो मामाघर कस्तो लाग्यो ?”
गौरवले भने” सबैका राम्राराम्रा स्वभावको कारण हुन सक्छ सबैको मनमा शान्ति र मुहारमा कान्ति देखिएको ।”
सौरभले भने” तिमीले मेरो मामाघरको प्रसंसा गरेपनि एउटा बानीको कारण मेरो मन धमिलो भयो नि?”
गौरवले गम्भीरतापूर्वक भने” धमिलो हुनुपर्ने कुनै कारण देखिन ,तैपनि भन त के कारणले मलाई यस्तो तितो कुरा सुनायौ?”
सौरभले भने ” हिड्ने बेलामा न टीका लगाएर दक्षिणा दिनु भयो न कुनै उपहार नै।”
गौरवले बताए ” उहाँहरु सबैका गुणहरु जीवनलाई पूर्ण स्वस्थ तुल्याई अनमोल बनाउने गहकिला शिक्षा हुन्। यो भन्दा ठूलो कुनै दक्षिणा या उपहार हुन सक्छ त !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

22 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

23 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

3 days ago