Categories: कविता

“यस्तै छ संसार”

अनन्तकुमार बस्नेत

कोही भिखारी र दरिद्र हुन्छ
कोही यहाँ दौलतदार हुन्छ
कतै छ उल्लास कतै विषाद
छ चन्द्रमामा पनि काल दाग ।

जो मोहको चक्कर भित्र फस्छ
र लोभको सागर भित्र पस्छ
माणिक्य मोती जति नै थुपारौँ
थपिन्छ पीडा उति नै हजारौँ ।

जो गर्छ दैनन्दिन जालझेल
तथा सयौँ कुत्सित नीच खेल
ऊ शान्त देखिन्न अशान्त हुन्छ
आफैँ जली राख समान हुन्छ ।

सन्मार्ग बिर्सेर कुमार्ग चल्ने
बोकेर ईर्ष्या मन भित्र जल्ने
जो चित्तमा राख्छ सदैव अर्थ
हुँदैन राम्रो उसको किमार्थ ।

खुसी कतै हुन्छ कतै विराग
बल्छन् कतै दीप कतै चिराग
होस् सभ्य राम्रो व्यबहार बोली
छ आज यो जीवन हुन्न भोली ।

न योजना हुन्छ न ता तयारी
चल्दोछ यो अन्तिमको सवारी
गयो भने जीवन झुल्किँदैन
यस्ता पहेली किन सुल्झिँदैन ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

22 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

23 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

3 days ago