सरिता पराजुली
चन्द्रागिरि १५ काठमाडाैं
उठ भाइ उठ बैनी जाऔँ चाैतारी
चाैतारीमा लिङ्गे पिङ खेले दाैंतरी
डाँडापाखा चाैतारीमा हुन्छ घमाइलाे
साथीभाइ भेट्न पाउँदा हुन्छ रमाइलाे।
बारीका ती डीलभरि फूलफुलेका
खेतका ती गराभरि धान झुलेका
धुलाेमैलाे छैन कतै सफासुग्घर
चाडपर्व रमाइलाे आफ्नै गाउँघर।
ठुला दाइ ठुली भाउजू घर आउनु भाे
मिठा मिठा खानेकुरा पनि ल्याउनु भाे
लिपपाेत गरिकन घर चिटिक्क
भन्नुहुन्छ आमा फुर्सद छैन फिटिक्क।
जमरा र राताे टीका लगाउँदा हामी
आफूलाई ठान्ने गर्छाैँ निकै भाग्यमानी
रमाइलाे गर्दै हामी मामाघर पुग्छाैँ
आशीर्वाद थापिकन दक्षिणा नि लिन्छाैँ।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…