सरिता पराजुली
चन्द्रागिरि १५ काठमाडाैं
उठ भाइ उठ बैनी जाऔँ चाैतारी
चाैतारीमा लिङ्गे पिङ खेले दाैंतरी
डाँडापाखा चाैतारीमा हुन्छ घमाइलाे
साथीभाइ भेट्न पाउँदा हुन्छ रमाइलाे।
बारीका ती डीलभरि फूलफुलेका
खेतका ती गराभरि धान झुलेका
धुलाेमैलाे छैन कतै सफासुग्घर
चाडपर्व रमाइलाे आफ्नै गाउँघर।
ठुला दाइ ठुली भाउजू घर आउनु भाे
मिठा मिठा खानेकुरा पनि ल्याउनु भाे
लिपपाेत गरिकन घर चिटिक्क
भन्नुहुन्छ आमा फुर्सद छैन फिटिक्क।
जमरा र राताे टीका लगाउँदा हामी
आफूलाई ठान्ने गर्छाैँ निकै भाग्यमानी
रमाइलाे गर्दै हामी मामाघर पुग्छाैँ
आशीर्वाद थापिकन दक्षिणा नि लिन्छाैँ।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…