रमेशचन्द्र घिमिरे
पशुपतिनाथको दर्शन गएका दम्पत्तिको कार मन्दिरनेरै पुगेर रोकियो । बाटमा एउटा माग्नेले दुई हात जोडेर अनुनय गर्दै थियो, “हजुर पाँच दस रुपैयाँ पाऊँ न !”
दम्पत्ति वास्तै नगरी अघि बढे । भगवानका लागि ल्याएका फलफूल, पैसा र मिठाई चढाए । मूर्तिलाई ढोगे अनि “रक्षा गर भगवान्” भन्दै नमस्कार गरे र फर्किए ।
फर्किँदा उही माग्ने उही पाराले उसरी नै अनुनय विनय गर्दै भन्यो, “हजुर यो गरिबका लागि पाँच दस रुपैयाँ …”
वास्तै नगरी दम्पत्तिले कारको ढोका खोले, ढ्याम्म लगाए ।
कारको भित्रबाट आएको आवाज बाहिर प्रस्टै सुनिन्थ्यो – “यी माग्नेको पनि कामै छैन । खाली मागेरै सताउँछन् ।”
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…