Categories: बाल कथा

“देशको माया”


रञ्ज्श्री पराजुली

एउटै कक्षा पाँचमा पढ्ने रमेश ,दीपेश र गौतमको घर नजिकै भएकोले सङ्ग सङ्गै गफ गर्दै स्कुल जाने फर्कने गर्दछ्न्  ।एक दिन  उनीहरुको गफको बिषय  “देशको माया” थियो । किनकि त्यो दिन रमा गुरुमाले कक्षामा देशसेवा बारे पढाउनु भएको थियो  । जुन कुरा उनीहरु  जनालाई चित्त बुझेको थियो । कक्षामा  गुरुमा रमाले “आज देशको माया भन्ने बिषयमा तिमीहरुला केही कुरा  बताउँछु” भन्नु भयो । त्यसो भनेको सुन्दा  गौतमलाई आजकलको केटाले केटीलाई ,केटीले केटालाई “म तिमीलाई माया गर्छु भन्ने  जस्तै तरिका त त होला नि भनेर” सुन्न मन लागेको थिएन । उसले गौतमलाई बिस्तारै कानमा “यस्तो कुरा सबैलाई थहा छ नि किन मिसले कक्षामा भन्न पर्यो ” भन्यो।   तर रमा गुरुआमाले “जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी” भन्दै ” तिमीहरुलाई यसको अर्थ  थहा छ , भनेर  सोध्नु भयो । कसैले पनि जवाफ दिन सकेनन् ।त्यो विषय बारे उनीहरुलाई कसैले केही पनि सुनाएको अथवा सिकाएको थिएन ।सबै केटाकेटी जिल्ल परे । गुरुमा रमाले यसको अर्थ “जन्मदिने आमा र जन्मिएको भुमी अर्थात्  आफ्नो देश स्वर्ग भन्दा पनि ठूलो हुन्छ” । त्यसैले तिमीहरुले अब यसको अर्थ बुझे पछि के गर्न पर्यौ त भनेर सोध्नु भयो । सबै विद्यार्थीले हात उठाएर “सब भन्दा पहिले हाम्री  जन्म दिने आमा र मातृभुमिको सेवा र सद्भाव गर्नु पर्यो।  आफ्नी जन्म दिने आमाले भनेको मान्ने , उनलाई सकेको सबै सहयोग गर्ने गर्नु पर्छ । स्कुलको पढाई नबिगारीकन  घर भित्रको काममा पनि सहयोग गर्ने। घर भित्रको काम गर्न अरुले के भन्लान भनेर  लाज मान्न हुन्न। त्यस्तै आफ्नो जन्मभुमीलाई पनि आमा नै जस्तो गरी  सेवा गर्नु पर्छ। “जन्मभुमिलाई कसरी माया गर्नेत  म्याम” भनेर दीपेशले हात उठाएर् प्रश्न गर्यो ।  आजका बालबालिका तिमीहरु भोलिको राष्ट्रका ठुला व्यक्ति  हौ । देश विकास गर्ने जिम्मा तिमीहरुकै  हातमा हुन्छ । नेता असल भएनन् भने देशको विकास हुँदैन । त्यसैले अहिलेदेखि तिमीहरु  केटा केटी दुबै अनुशासित, कर्मशिल हुनु पर्छ । अहिलेदेखि पढाईमा ध्यान दिने , सानो ठूलो नभनिकन काम गर्ने, सहयोगी बन्नु पर्छ  । आफ्नालाई मात्र होइन अरुलाई पनि सकेको सहयोग र सद्भाव राख्ने । ” त्यसो गर्यो भने जन्मदिनेआमा र मातृभुमीको सेवा गरेको हुन्छ  त मिस” भनेर गौरीले हात उठाएर सोधिन् । “हुन्छ गौरी । गर्ने नै त्यही हो । जन्मभुमी र जन्मदिने आमाको सेवा सबै नागरिकले तन मनले गर्यौ भने हाम्रो  वीर गोर्खालीको देश नेपाल विश्वमा महान बन्ने छ । बुझ्यौ त तिमीहरुले । त्यो दिन कक्षाका  सबै विद्यार्थी  घर पुगेर पहिले ताजा भएर गृहकार्य गरे । त्यस पछि बाअमालाई आजदेखी म पनि घर भित्र को काममा आमालाई मद्दत गर्छु भन्दै  जुठो भाँडा  माझ्ने,घर अगाडि पछाडी बढारेर सफा गर्ने,गमलामा पानी हाल्ने  गर्न थाले । त्यो देखेर रमेशको बाबा अचम्म्पर्दै  “आज मेरो छोरालाई कताबाट यस्तो जाँगर पल्हायो । कहिले केहीकाम नगर्नेव,पाए सम्म मिडिया हेरेर बस्ने छोरा आज कसरी बदलियो”  भनेर अच्च्म्म परेर कारण छोरालाई सोधे । अचम्म भए सोधे।   रमेशले “बुबा आज मिसले कक्षामा  जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी” अर्थात जन्म्दिने आमा र जन्म भुमी समान हुन्छ । त्यसैले हामी जस्ता भोलिका देशका कर्णधारहरुले आफ्नो घर भित्र आमाको र बाहिर देशको लागि  सेवा गर्नु  पर्छ भन्ने पढ्कोले   म मात्र होइन हाम्रो कक्षाका सबै जना आज देखि यस्तो बन्ने भनेका छौं । नपत्याए  गौतमको बुबालाई  फोन गरेर सोध्नुस्  त” भन्यो । रमेशका बुबाले पनि असल गुरुको असल शिक्षा भन्ने सोच्दै गौतम, र दीपेशका बुबाहरुलाई छोराहरुमा आएको परिवर्तन बारे सोधे । नभन्दै ती सबै केटाकेटी “देशको माया गरे विकास पनि हुन्छ” भन्ने नारा सहित सुकर्ममा लागेको थहा पाएर खुशी भए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

18 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

18 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

19 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago