पृथक प्रकृति
झापा
“आमाले भन्दा बढी बा ले ल्याङ ल्याङ गर्नुहुन्छ ससाना कुरामा ” कमलाको मुखबाट प्रायःजसो यही गुनासो सुन्न पाइन्थ्यो भेट हुँदै पिच्छे। कहिले ढोकैबाट गुनगुन आवाज शब्द नबुझीने अनि प्रश्न गर्नुपर्ने उत्तर सोही गुनासो पुनः।
नयाँ नौलो कुरा सुन्न नपाएपछि गम्भीर सोचमा पर्थेँ। चुपचाप एक अर्काको अनुहार हेराहेर गर्न बाहेक अरु विकल्प हुँदैन थियो। माध्यम फरकफरक कुनै न कुनै दु:ख समस्यासँग जुध्यै हुन्छन् मान्छे र म पनि अछुतो नभएको कारण मौन हुन्थेँ त्यसपछि पनि मौनतामा बित्यो केही समय।
अनुहारभरि छाएको अँध्यारो कालो रङ्ग सम्झिदा अहिले पनि मलाई नरमाइलो लाग्छ तर खै के गर्न सक्थेँ र सुन्न बाहेक। फेरि प्रश्न गर्दा अनि आमाले के भन्नुहुन्छ त ? आमा ” के गर्छौ बा परिवर्तन हुने होईन पुरातन सोच सहनु पर्छ ” सायद कमलालाई चित्तबुझ्दो हुँदैन थियो र मन हल्का गर्न गुनासो पोख्थिन।
एकदिन खबर आयो कमला हराइन् । चर्चाको चर्चा मलाई दोष आरोप आएको कुरा पनि सुनियो। म निर्दोष मान्छे साथीको कुरा सुन्दा कसरी दोषी हुन्छु र ? सायद परिबन्द भन्या त्यही त होला।
रञ्जुश्री पराजुली कियानलाई धेरै साथीहरु बनाउँन मन लाग्छ । उ नौ बर्षको ग्यानी केटा छ…