Categories: बाल कथा

पवित्र धागो


सत्यजीत, ललितपुर

पशुपतिको किनारमा भीड खचाखच भरिएको थियो।
“आज जनैपूणिर्मा हो, पवित्र दिन। जनै फेरेर आत्मा धोइन्छ, ” कृष्णकर्णले फोहोर पानीमा मन्त्रोचरण गर्दै मुस्कुराउँदै भने।
“आत्मा धुने कुरा पानीले सम्भव हुन्छ ?” नविनले अचम्म मान्दै सोध्यो।
केही क्षण मौन बसेपछि कृष्णकर्णले उत्तर दियो, “यो हाम्रो परम्परा हो। जनैले सबैको रक्षा गर्छ।”
त्यत्तिन‌ैबेला, खोलाको बीचतिर एक बालक बगिरहेको देखियो।
नविनले आदेशात्मक रुपमा भन्यो, “जा! तिम्रो जनैको रक्षा शक्तिले उसलाई बचा।”
कृष्णकर्णले अकम्काउँदै भन्यो, “जनै भिज्यो भने अशुद्ध हुन्छ।”
नविन तुरुन्त पानीमा हाम्फाल्यो। केही क्षणपछि उसले बालकलाई किनारमा उतार्यो। भीडले ताली बजाउँदै स्वागत गर्यो।
नविनले मुस्कुराउँदै भन्यो, “हेर, जनै नभए पनि रक्षा गर्न सकिन्छ।”
कृष्णकर्ण लाजले शिर झुकाएर बस्यो। केहीबेरको मौनतापछि उसले हीनताबोध गर्दै सोचिरह्यो- “जनैको शक्ति भन्दा मानिसको चेतना धेरै शक्तिशाली हुँदोरहेछ।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 day ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 day ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 day ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

2 days ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 days ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 days ago