सत्यजीत, ललितपुर
पशुपतिको किनारमा भीड खचाखच भरिएको थियो।
“आज जनैपूणिर्मा हो, पवित्र दिन। जनै फेरेर आत्मा धोइन्छ, ” कृष्णकर्णले फोहोर पानीमा मन्त्रोचरण गर्दै मुस्कुराउँदै भने।
“आत्मा धुने कुरा पानीले सम्भव हुन्छ ?” नविनले अचम्म मान्दै सोध्यो।
केही क्षण मौन बसेपछि कृष्णकर्णले उत्तर दियो, “यो हाम्रो परम्परा हो। जनैले सबैको रक्षा गर्छ।”
त्यत्तिनैबेला, खोलाको बीचतिर एक बालक बगिरहेको देखियो।
नविनले आदेशात्मक रुपमा भन्यो, “जा! तिम्रो जनैको रक्षा शक्तिले उसलाई बचा।”
कृष्णकर्णले अकम्काउँदै भन्यो, “जनै भिज्यो भने अशुद्ध हुन्छ।”
नविन तुरुन्त पानीमा हाम्फाल्यो। केही क्षणपछि उसले बालकलाई किनारमा उतार्यो। भीडले ताली बजाउँदै स्वागत गर्यो।
नविनले मुस्कुराउँदै भन्यो, “हेर, जनै नभए पनि रक्षा गर्न सकिन्छ।”
कृष्णकर्ण लाजले शिर झुकाएर बस्यो। केहीबेरको मौनतापछि उसले हीनताबोध गर्दै सोचिरह्यो- “जनैको शक्ति भन्दा मानिसको चेतना धेरै शक्तिशाली हुँदोरहेछ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…