पाटन संग्रहालयमा तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो।
माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो।
महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा वार्षिक कार्यक्रम अन्तर्गत नेपाल बालसाहित्य समाजका विभिन्न दाताहरूले स्थापना गरेका पुरस्कार विभिन्न बाल साहित्यकारहरूलाई वितरण पनि गरिएको छ । ध्रुवसुशीला बाल अनुसन्धान पुरस्कार प्रमोद प्रधानलाई, चूडाचरण बालजीवनी पुरस्कार भिक्टर प्रधानलाई, तेजप्रतिभा बालनियात्रा पुरस्कारघनश्याम राजकर्णिकारलाई र मुकेशजनक विज्ञान बालसाहित्य पुरस्कार सिर्जना शर्मालाई प्रदान गरियो ।’सामाजिक सञ्जाल र बालबालिका’ विषयक सामूहकि संवाद सत्रमा आइतबार वक्ताहरुमा वरिष्ठ मनोविद् गंगा पाठक, क्लिनिकल हेल्थ नर्स सुशीला श्रेष्ठ र लेखक तथा पत्रकार दामोदर न्यौपानेसँग पत्रकार क्रान्ति पाण्डेले बहस गरेका थिए । उक्त बहस सत्रमा बालबालिकामा बढ्दो सामाजिक सञ्जाल र मोबाइल प्रविधि कम गर्न अभिभावकीय भूमिका नै प्रमुख रहने निष्कर्षसहित कार्यक्रमलाई समापन गरिएको थियो ।
त्यस्तै, कार्यपत्र प्रस्तुतिमा वरिष्ठ वनस्पतिविद् तथा विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठले ‘बालासाहित्यमा विज्ञान’ विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि मुकेशकुमार चालिसेले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ बालसाहित्य इतिहासकार प्रमोद प्रधानले सभापति रहेका थिए । कार्यक्रममा नेपालमा जति हुनुपर्ने हो त्यही गतिमा विज्ञानलाई समेटेर बालसाहित्यमा कामहरु नभएको कुरा प्रकाशमा ल्याइएको थियो।
समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन्।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा. डा. मिजानुर रहमान कल्लोलले समेत कार्यपत्र प्रस्तुत गर्ने महोत्वसकी संयोजक यशोदा अधिकारीले जानकारी दिइन्।

सारथि बाल पत्रिका

Recent Posts

हिउँदे बिदा भयो

विन्दु पौडेल वस्ती "हिउॅदे बिदा भयो मामाकाँ जाने मन भयो आमा बालाई सोधेको लमजुङ जान…

5 hours ago

फुर्तिलो ज्यान बनाऊ

युगल बसेल सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११ महिना पुस माघैमा मन तानिन्छ आगैमा जोलाई नि…

6 hours ago

मेरो देश

प्रशन्न तिवारी अष्ट्रेलिया सगरमाथाको शिरले चिरेको गगन प्रकृतिको काखमा वीरहरुको खदान सौन्दर्यताले भरिएको हाम्रो देश…

6 hours ago

माता सरस्वती

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी ज्ञानविद्या सङ्गीतकी माता देवी सरस्वती कला सीप सिर्जनाकाे वर…

6 hours ago

“रैथाने फल बयर”

  लालबहादुर भुजेल पाउँदी, नाउँदी, किरिञ्चे खहरे, खाेल्सी बगर झलझली सम्झन्छु म थाने फल बयर।…

3 days ago

ब्रह्माको चिन्ता र सरस्वतीको वीणा

नारायण नाथ योगी इटहरी सुनसरी सृष्टिको आदिम काल थियो। ब्रह्माजीले भर्खरै पृथ्वीको रचना सिध्याउनुभएको थियो।…

3 days ago