लालबहादुर भुजेल
पाउँदी, नाउँदी, किरिञ्चे
खहरे, खाेल्सी बगर
झलझली सम्झन्छु म
थाने फल बयर।
मङ्सीर, पुसकाे बेलामा
घाँसे मैदान भीरमा
पाक्थ्याे बयर राताम्मे
नदी खाेला तीरमा।
बयर निकै लाेकप्रिय
यसकाे पृथक स्वाद छ
परिकार बनाई खाइन्थ्याे
बच्चा बेलाकाे याद छ।
मेराे दिलमा गढेकाे छ
बयरकाे काँडा,
फलजति स्वादिलाे छ
अंकुशे राेप्छ गाढा।
हरियाे खालकाे हाईब्रीड बयर
मङ्सिर – पुषमा आउँछ
रैथाने बयर जसले खायो
उसले चाल पाउँछ।
बजारका जे पनि छन्
बासी बिग्रीएका,
गाउँले ताजा कहाँ पाइन्छ ?
छानी बिग्रिएका।
गाउँ घरका उपजहरू
हामी हेला गर्ने,
महङ्गा बासी चिजबिजमा
हामी भर पर्ने।
आत्मघाती गाेल जस्तै
दुर्भाग्यका कुरा,
समृध्दिकाे डुण्डी हाँकी
कहिले हाेला पूरा!!
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…