सरिता पराजुली
स्कुल जान ढिला भयाे
पानी परेर
बल्लतल्ल भेटिन् छाता
गइन् अोढेर ।
पानीसँगै हावा चल्याे
छाता फर्कियाे
अाेत लाग्छु भन्दाभन्दै
पानी दर्कियाे ।
चुट्नसम्म चुट्याे आज
परिन् निथ्रुक्क
शिर पाउ भिज्दा उनी
भइन् भुतुक्क ।
किताब कापी भिज्याे भन्दै
घर फर्किइन्
आमासँग पनि आज
उनी झर्किइन् ।
कालाे निलाे अनुहार
देखिन् आमाले
पीर नगर छाेरीभन्दै
छाेपिन् मायाले ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…