Categories: बाल कथा

“संक्रान्ति”

पं ज्यो. तोयनाथ सुवेदी (ओखल्ढुङ्गा )
हाल: हेटौंडा -८ ,कमाने ,मकवानपुर।

‘आमा! यसपाली मावल नजाने है!’ छोराले भन्यो।
‘ किन र बाबू?’ आमाले सोधिन् ।
‘अहिले त देशमा गणतन्त्र आएको छ; यसमा केही धर्म गर्नु पर्दैन रे!यसैले गर्दिन्छ रे त।’ होइन, कहिँ नभाको जात्रा हाँडी गाउँमा भन्थे,त्यस्तै पो भयो त,’आमाले भनिन् ।


हाम्रा चाडपर्वहरू अनि धर्मसंस्कृति र परम्परामाथि दिनानुदिन आक्रमण भएको कुरा धर्मभक्तहरूले गुनासो व्यक्त गरे।
घरघरमा युवायुवती र बूढापाकाहरू छैनन्। वनजङ्गलहरू मासिइसके वनमा पाइने कुरिलो,भलायो, काग भलायो ,कुकुर
डाइनो,धसिँगरे, पानीसरो,तिहिरे वा तिउरी लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध भएनन् । हरिया मकैको न्वाँगी खान पाइएन,जग्गा बाँजै बसे।
‘आमा! यस्तो अवस्थामा हिमाल, पहाड र तराईका मावलमा कसरी संक्रान्ति मान्नू?’ ‘नबुझिने नै भए पनि बूढापाका नहुँदा मन्त्र भट्याउने कोही भएनन्।’ ‘खाली ढिकी र रित्तो जाँतो घुमाउनै पाइएन।’ घरघरमा बलेका अगुल्टाहरू दोष/लुतो जा भनेर फ्याकिएनन्।’ ‘खाली नाङ्लो र भाँडाकुँडाहरू ठटाउने केटाकेटीहरू छैनन् । संक्रान्ति भट्याउने गुरुबाहरू पनि नआउने रे!’
‘आमा!संस्कार र संस्कृति बचाई ,बिघ्न विनास गर्न र सहानुभूति आदान प्रदान गर्न यस्तो अन्यौल वेथितिका विच यस पालिको संक्रान्ति मावलमा होइन ; घरमै मनाऔं है…………!!!’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

14 minutes ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago