पर्यावरण विशेष
अन्जु शर्मा
रातोपुल
गोधुलीले छपक्क पात्लेबनबाट एकहुल भैंसी र मृगहरू हतासको यात्रा गर्दै थिए । यो देखेर रूखमा बसेको मयूर आश्चर्य चकित हुँदै प्रश्न गर्यो।” मित्र बर्गहरू यो साँझको बेला कता प्रस्थान गर्दै हुनुहुन्छ ?”
भैंसीको नायिकेले उदासीनता देखाउदै जवाफ दियो -” मित्र मान्छेको अतिक्रमणका कारण यो पात्लेबनका तालहरू सुक्न लागे,घाँसे मैदानमा डडेलो लाग्न थाल्यो । हाम्रो वृद्धि बिकास भनेको तालहरूमा आल खेल्नु हुन्छ। त्यो नपाए पछि हामीले यो बन परित्याग गर्नुको विकल्प रहेन। त्यसैले साउनेबनतिर बसाइँ सर्न लागेका ।”
मयूर साथीहरू पलायन भएकोमा दुःखित हुँदै थियो । परबाट हुलका हुल बाघ र ब्वाँसाहरू सोही बाटो आउन लागे।मयूरले छक्क पर्दै यिनीहरूलाई त ताल चाहिन्न कता जान लागेछन??
उसले प्रश्न गरिहाल्यो ” मित्रहरू कतातिर हो?”
बाघको नायिकेले झटपट उत्तर दियो ” मित्र मयूर यहाँ भएका साकाहारी जीवहरू अन्यत्र सरेपछि हाम्रालागि खाद्यान्न अभाव त भैहाल्यो। यसको अलवा मान्छेहरूले जथाभावी बन अतिक्रमण गरि बाटोघाटो बनाउदा ध्वनि प्रदुषणका कारण यौन दुर्बलता आइ हाम्रो प्रजनन क्षमतामा ह्रास आएको कारण हामी बसाइँ सर्न बाध्य छौं “” यो जंगलका जीवहरू नरहे पछि हामीले कस्लाई गीत सुनाउने ? हाम्रो नृत्यको प्रशंसा कस्ले गर्ने ?”” जता मल्खु उतै ढल्कु ” भन्छन् अब हामी पनि यिनीहरू गएतिरै बसाइँ सर्नपर्ला।”चारैतिर पात्लेबनलाई नियालेर मयूरले तप्पतप्प आँसु झार्यो।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…