अम्बिका धिताल
काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नपा ८
हाल कमलविनायक भक्तपुर
जङ्गलमा रूखका ठुटाहरूले कराउँदै भने,
“हामीलाई जीवन भन्ने मान्छेहरूले
हाम्रो जात हेर्छन्
मौसम नाप्छन्
पैसाका बिटामा नयन झुलाउँदै
हाम्रो अन्तेष्टि गरेर
आधुनिक टोकरीमा हाम्रो मृत शरीर हाली
घर, कारखाना, होटेल कताकता पुर्याउँछन्
आफ्नै खुसी र स्वार्थको लिप्सामा टाँसिँदै।”
प्रकृति मुस्कुराइन्
“मेरो बाध्यता
मान्छेहरू मलाई ‘आमा’ भन्छन्,
तर आमालाई नै काटेर चुल्हो बाल्छन्
म कसरी भनौँ,
मेरा शरीर आजभोलि
खेलौनाजस्तै बनेको छ
के के हो के के भनेर साध्य छैन
आणविक बम बनाउने
रसायन केन्द्र बनेको छ
धुवाँ ,धुलो, प्रदूषण सहनै नसक्ने
मेरो रुप फुङ्ग उडेको छ
सास फेर्नै गाह्रो भएको म
थाहा छैन कतिखेर विस्फोट हुन्छु ।”
हावाले प्रेमको सन्देश ल्यायो भन्नेहरू नै
धुवाँ उडाउन मग्न छन्
शान्तिको सन्देश बोक्ने मेरा चुचुराहरू
धुवाँ र धुलोले खुइलेर
चिन्नै नसक्ने काला डढेका ठुटा बनेका छन्
सोच्छु “मेरो रूप कस्तो थियो?”
जल, जमिन, हावा
सबै फोहोरको डस्बिन बनेपछि
आज घामले मात्र होइन
अन्धकार पनि डराउन थालेको छ मलाई देखेर
पटक्कै छैन यो मन खुसी
मान्छेले आफ्नै खुट्टामा बन्चरो हानेको हुन्छ अनुभूति
कोमल भाषामा अब कसैले सुन्दैन
अब मैले मौनताबाटै ल्याउनुपर्छ प्रकोपको खेल
सुन्दर नयनबाटै सबैको झर्छन् अश्रुको भेल।
प्रकृतिले उजुरीको कागज देखाउँदै
सूर्यको किरणलाई भनिन्
“यदि मेरो पीडा मान्छेले सुन्न मानेनन् भने,
तिमीले विश्वभर अब उज्यालो होइन
प्रकृति बनी कविता भएर किरण छर
अब कविता नै
सबैभन्दा कठोर प्रतिशोध हुन्छ
अनि मात्र समस्त मानवको नयन खुल्छ।”
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…
मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…
दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…