Categories: कविता

प्रकृतिको उजुरी

अम्बिका धिताल
काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नपा ८
हाल कमलविनायक भक्तपुर

जङ्गलमा रूखका ठुटाहरूले कराउँदै भने,
“हामीलाई जीवन भन्ने मान्छेहरूले
हाम्रो जात हेर्छन्
मौसम नाप्छन्
पैसाका बिटामा नयन झुलाउँदै
हाम्रो अन्तेष्टि गरेर
आधुनिक टोकरीमा हाम्रो मृत शरीर हाली
घर, कारखाना, होटेल कताकता पुर्याउँछन्
आफ्नै खुसी र स्वार्थको लिप्सामा टाँसिँदै।”

प्रकृति मुस्कुराइन्
“मेरो बाध्यता
मान्छेहरू मलाई ‘आमा’ भन्छन्,
तर आमालाई नै काटेर चुल्हो बाल्छन्
म कसरी भनौँ,
मेरा शरीर आजभोलि
खेलौनाजस्तै बनेको छ
के के हो के के भनेर साध्य छैन
आणविक बम बनाउने
रसायन केन्द्र बनेको छ
धुवाँ ,धुलो, प्रदूषण सहनै नसक्ने
मेरो रुप फुङ्ग उडेको छ
सास फेर्नै गाह्रो भएको म
थाहा छैन कतिखेर विस्फोट हुन्छु ।”

हावाले प्रेमको सन्देश ल्यायो भन्नेहरू नै
धुवाँ उडाउन मग्न छन्
शान्तिको सन्देश बोक्ने मेरा चुचुराहरू
धुवाँ र धुलोले खुइलेर
चिन्नै नसक्ने काला डढेका ठुटा बनेका छन्
सोच्छु “मेरो रूप कस्तो थियो?”
जल, जमिन, हावा
सबै फोहोरको डस्बिन बनेपछि
आज घामले मात्र होइन
अन्धकार पनि डराउन थालेको छ मलाई देखेर
पटक्कै छैन यो मन खुसी
मान्छेले आफ्नै खुट्टामा बन्चरो हानेको हुन्छ अनुभूति
कोमल भाषामा अब कसैले सुन्दैन
अब मैले मौनताबाटै ल्याउनुपर्छ प्रकोपको खेल
सुन्दर नयनबाटै सबैको झर्छन् अश्रुको भेल।

प्रकृतिले उजुरीको कागज देखाउँदै
सूर्यको किरणलाई भनिन्
“यदि मेरो पीडा मान्छेले सुन्न मानेनन् भने,
तिमीले विश्वभर अब उज्यालो होइन
प्रकृति बनी कविता भएर किरण छर
अब कविता नै
सबैभन्दा कठोर प्रतिशोध हुन्छ
अनि मात्र समस्त मानवको नयन खुल्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

8 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

8 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

9 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago