तुलसी पण्डित
गुरुपूर्णिमाको दिन हातभरी सुन्तला मिठाई बोकेको छोराले आमालाई दिदै भन्यो , हजुर नै हो मेरो गुरु।
आमा दङ्गदास परिन् । आफ्नो स्कूलमा पढाउने गुरुहरुलाई न सम्झेर किन यसले मलाई गुरु मान्दै मिठाई दियो।
“बाबु तिमी भ्रममा परिछौँ । तिम्रा वास्तविक गुरु स्कूलमा पढाउने रत्ने ,चिनकाजी ,नरे र बसन्ते हुन् । जसले तिमीलाई ज्ञान दिएर यो अवस्थामा ल्याएँ।
“आमा तपाईँ सरासर झूट बोल्दै हुनुहुन्छ। मलाई बाबा ,आमा, अङ्कल ,हजुरबा र हजुरआमा भन्न कसले सिकायो?”
“बाबु त्यो त आफ्सेआफ् जानिने कुरा हो।”
“आमा जब बाबुआमाले कुनै पनि शव्द उच्चारण गर्छन् तब बच्चाले त्यो शव्दलाई टिप्छन् । यदि तपाईले ती शव्द उच्चारण न गरेको भए हामीले कसरी सिक्थ्यौँ ?”
“तिमी जति घमण्ड गर म यो कुरा मान्न तयार छैन । यो त प्रकृतिको देन हो।”
“कसरी प्रकृति देन भन्यौँ । प्रकृतिले बढाउछ तर सक्षम बनाउदैन।”
“त्यस्तो के देख्यौ र बाबु हामी गुरु हुने लक्षण ?”
“आमा तपाँले हामीलाई बोल्न सिकाउनु भयो । हाम्रो आचरणमा सुधार गर्नु भयो।”
अनि अरु ?
“त्यस्तै दिसापिसाब ठिक ठाउँमा गर्ने बानि बसाली दिनु भयो । आफू भन्दा ठूलालाई आदर गर्ने सानालाई माया गर्ने । समाज सँग घुलमिल गराउनमा तपाईको महत्वपूर्ण योगदान छ।”
“त्यसो भए स्कूलमा पढाउने गुरु गुरु होइनन् त बाबु ?”
हुन् आमा तर प्रथम गुरु चाहीँ हजुर नै भएर मैले हातभरी सुन्तला मिठाई दिएको नि त ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks!