सचिन अधिकारी
रसाउछ्न इ आँखा
देखि खाली पाखा।
सक्दैन बोल्न त्यो निर्जिव चिज
तर यो माग्छ परिश्रमको बिज
खाली यी खेत, तातो बतास
तर हृदयमा आशाको बास।
खाली न छोड यो पुर्खाको थलो
उर्भर बनाउ, उठाउ जुवा र हलो
होइन है केवल यो भुमी मात्र
यो त हो रगत, पसिनाको पात्र।
दिएको छ यस्ले पुस्तौँ देखि साथ
गरेपछि कर्म छोड्दौन खाली हात
रहेको छ पौरख मेटिँदैन त्यसै
झल्किन्छ गौरव हराउँदैन यसै।
नगर हेला! पसिना बगाउ
नयाँ मुलुकको अब जग बनाउ
पाखा रमाउछ्न, खेत मुस्कुराउँछ्न
पसिनाका थोपाले जरा फिजाउछ्न।
जब यो हाम्रो माटो रमाउँछ
तब त मात्र यस्ले मोति सजाउँछ
उठ नेपाली! गर परिश्रम
उठ नेपाली! सिँगार यो देश।
यही हो हाम्रो पहिचान बिशेष
यही हो हाम्रो सान बिशेष।
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
प्रार्थना खनाल सुकेधारा श्रावणी पूर्णिमालाई वेदारम्भ कर्म, सांस्कृतिक कर्म भन्नुको तात्पर्य के हो बुवा ?…
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?