Categories: बाल कथा

बाठी प्रज्ञा

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

आमा घरभित्रै खाजा तयार गर्दै थिइन् । छाेरी प्रज्ञा आँगनमा खेल्दै थिई। ऊ आफ्नै धुनमा खेलमा मजा लिंदै थिई । सधैं आँगनमा खेल्न मिल्दैनथ्याे तर त्यसदिन उसका बाबाले गाडी लिएर सहरतिर गएका थिए त्यसैले ऊ खुसी हुँदै सानाे बलसँग आँगनमा रमाउँदै थिई । त्यसैबेला उसकाे गेटमा कसैकाे गाडी राेकिन्छ । उसले बाबा हाे कि भनेर ढाेका खाेल्छे तर त्याे उसकाे बाबा नभएर अर्कै व्यक्ति हुन्छ । उसले प्रज्ञालाई केही साेधेकाे मात्र हुन्छ तर ऊ डराउँछे । उसले आमाले भनेकाे कुरा सम्झन पुग्छे र चर्काे स्वरमा” आमा…….”भनेर चिम्याउँदै छिटाे छिटाे गेट बन्द गर्छे । आमा भित्रबाट दाैडेर आउँछिन् । छाेरी थररर काँमेकाे देख्छिन् । छाेरीलाई समाएर गेट खाेली बाहिर सडकमा हेर्दा याैटा गाडी बेजाेडले तलतिर दगुरेकाे देख्न पुग्छिन् । आमाभित्र अनेक शंका उपशंका उब्जिन्छ । उनले बाटाेतिरै हेर्दै लामाे सास फेर्छिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

16 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

17 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

17 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

17 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

2 days ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

2 days ago