Categories: बाल कथा

बाल उत्सुकता


होम सुवेदी

“इस्कुलमा राम्रो पढ्नू है। फटाइँ नगर्नू नि !” स्कूल जान लागेको कर्णलाई सम्झाउँदै हजुरआमाले भनिन् । उनका काखमा बसेकी नातिनी भने यो सबै सुनिरहेकी थिई। अनि हजुर आमालाई केके सोधेर बालिकाले दिकदार लगाउन थाली । सकेसम्मा उत्तर दिइरहिन्।
“इस्कुल भनेको के हो आमा ?” “पढ्ने ठाउँ । पढ्ने घर।”
“पद्ने भनेको के हो आमा ?”
“कक खख गग हो नि ।””कक खख गग किन पद्नु ?” “ठुलो हुन पढ्नु”
“थुलो भनेको के हो आमा ?” “ठुलो भनेको राम्रो हुनु हो .,,,” “लाम्लो भनेको के हो आमा ?” अब हजुरआमालाई दिकदार लागिसकेको थियो । काखबाट पर सारेर हकारेझैँ गरेर भनिन् “नकरा मलाई दिक्क नलगा।”
बालिका झन् झुम्मिदै हजुरआमाको काखमा आएर बस्न खोजी अनि हजुरआमाका गालामा चुप्पा खाँदै भनी- “आमा नलिसाउनु ल । म अब दिक्क लाउँदिनँ ल । ल आमा ?” हजुर आमाको मुटु भरिएर आयो, मन थाम्नै सकिनन्। आँखाबाट आँसु चुहिए। बालिकाले आँसु पुछिदिई । हजुरआमाले हिक्क गरिन् । कसै गरी रुवाइ थामिन् र बालिकालाई अँगालोमा हालेर बेरिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

10 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago