“बाल गीत”

गुणनिधि घिमिरे
अमेरिका

हामी साना साना नानी खेलिरहने बानी
लेखपढ पनि गर्छौँ हामी जानी नजानी
नजानेको कुरा हामी सोध्छौँ गुरूलाई
मिली बस्छौँ दिदी बहिनी हामी दाजुभाइ ॥

साथीसँग मिलिजुली पढ्ने लेख्ने गर्छौँ
ज्ञानी भई बा आमाको दुःख कष्ट हर्छौँ
देशको विकास गर्नलाई हामी उठ्नु पर्छ
भोली भोलि नभनेर आजै जुट्नुपर्छ ॥

बाटो हिँड्दा सडकतिर हेर्छौँ दायाँ बायाँ
आफूभन्दा सानालाई गर्छौँ हामी माया
असल ज्ञानी मान्छे बन्ने लक्ष ठूलो हाम्रो
ज्ञानी बने हामीलाई सबले भन्छन् राम्रो ॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

19 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

19 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago