Categories: कविता

“भानुभक्त”

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

दाैरा सुर्वाल बिर्खे टाेपी
पहिरन राम्राे
भानु तिमी नेपालीका
आदि कवि हाम्राे।

हँसिला र रसिला थ्याै
ठट्टा पनि गर्ने
परिस्थिति बुझिकन
कविता त्याे काेर्ने ।

कान्तिपुर नगरीकाे
कविता नि काेर्याै
चपला र अवलाकाे
दिनचर्या हेर्याै ।

दन्तबजान सुनिकन
बधु शिक्षा लेख्याै
गजाधरकी आमालाई
कवितामा देख्याै।

लामखुट्टे र उपियाँकाे
बयान नै गरी
कुमारीचाेक कमाण्डरलाई
दियाै दनक फेरि।

थालभरि भुटेका ती
मकैलाई हेरी
मुला माेही मुङ्ग्रे केरा
सम्झी हाल्याै फेरि।

छाेराकाे त्याे उपनयन
संस्कार गर्न जान
भन्दै डिठ्ठा विचारीकाे
गर्याै तिमी मान ।

घाँसीका ती अर्तीलाई
शिराेधार्यगरी
नाम राख्ने अठाेट गर्याै
भाषा सेवा गरी।

रामका थ्याै भक्त तिमी
रामायण लेख्याै
समाजमा रामका गाथा
भन्नु पर्ने देख्याै।

काेटी काेटी नमन छ
तिमीलाई राम्राे
भाषाका हाै अमर गायक
श्रध्दाञ्जली हाम्राे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

20 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

20 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

21 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago