घनश्याम रेग्मी
रम्घामा जन्म लिएका
चुँदीमा हुर्की बढेका
आदिकवि भानुभक्त
घरै संस्कृत पढेका।
भाषाको जग बसायौ
भजन काव्य रसायौ
नेपाली भाषा उठायौ
नेपाली सँगै नचायौ।
राम कथा रामायण
धर्म र कर्म पारायण
भक्ति र भाव जनमा
अर्ती र ज्ञान गुनमा।
घाँसीको अर्ती पाएका
रामको गाथा गाएका
समयानुकूल काव्य
चुनेर लेखी दिएका।
श्रद्धाको फूल अर्पण
जिमीमा फेरि फर्कन
सम्झना आज भानुको
भाषाको मुख्य रानुको।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…