रमेश प्रभात
चितवन
कालोकालो माकुराको लामोलामो खुट्टा,
हाँगाबिँगा छानीछानी भर्छ कस्तो बुट्टा ।
घरभित्र दलिन खोज्छ रूख भेटे हाँगा
चलाउँछ जीवन सधैं तानी नौलो टाँगा
अरुभन्दा फरक छ ऊ टाढैबाट छुट्टा,
कालोकालो माकुराको लामोलामो खुट्टा ।
मेहनत गरी बस्छ जाल बनाउँदै,
पेट भर्छ जे जे पर्छ त्यही समाउँदै,
चोरी गरी खाँदैन ऊ हैन भुइँफुट्टा,
कालोकालो माकुराको लामोलामो खुट्टा ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…