“मानवीयता”

लक्ष्मण ज्ञवाली
तिलोत्तमा १ नीलगिरि पथ शंकरनगर रूपन्देही

“यति धेरैजना मान्छे किन रोइरहेछन् हजुरआमा ?” आफ्नी हजुर आमासँग अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा “आमासेमिनार” मा भाग लिन गएकी स्कूल पढ्ने नातिनीले जिज्ञासा प्रकट गरिन । “धर्ती मै छ सबै चिज खोजे मिल्छ घरी घरी । जन्मदिने बाबु आमा पाईदैन कसै गरी ” यो मननीय वाणी उल्लेख गरिएको ब्यानरमा रहेर आज आश्रमले वृद्ध आमा बुबाहरू ,विभिन्न किसिमले अपाङ्गता भएकाहरू, सडक बालबालिकाहरू , र अन्य सहयोगापेक्षी ब्यक्तिहरूको अवस्थाको बारेमा सदृश्य पर्दामा देखाई रहेको छ । अनि उनीहरू यो अवस्थामा कसरी पुगे ? के कारणले पुगे। यस्तो दुःखद अवस्थाबाट कसले उद्धार गरिरहेछ आदि यावत् कुराहरु पनि बताई रहेका छन् । हजुरआमाले नातिनीका जिज्ञासा मेटाउने प्रयत्न गर्नु भयो । नातिनी ले पुन: प्रश्न गरिन – “के यिनीहरूका छोराछोरी छैनन् ? मायाँ गर्दैनन् ?” हजुरआमाले अगाडि भन्दै जानु भयो – किन नहुनु छन् नि छन त , तर आफुलाई जन्मदिने ,अनेक कष्ट सहेर छातीमा टाँसेर दशधारा दुध चुसाएर हुर्काउने आमाहरूलाई ,अशक्त अवस्थामा वेवारिसे बनाएर सडकमा बस्न बाध्य पारिएको दृश्यले सबैका मुटु भक्कानिएका छन् । त्यसैले सबै रोईरहेका छन् । पछ्यौरीको सप्कोले आँसु पुच्छ्दै हजुरआमाले नातिनीलाई भन्नु भयो । “हात खुट्टा कुहिएर स्याउँ स्याउँ कीरा परेका बेसहारा व्यक्तिहरू,मानसिक सन्तुलन गुमाएर जर्जर बन्दै भौंतारिरहेकाहरू, कैयौँ वर्षदेखि झाडीमा सडक पेटीमा खुला आकाशमुनी काल पर्खिरहेका आमाहरुलाई उद्धार गरेर आश्रममा पुर्याएर उपचार पछि पुनर्जीवन दिएको पुनर्मिलन गराएको दृश्यले मन भएका जो कोहीलाई पनि भावुक बनायो । हर्षले ,विस्मातले, सेवकहरू र अभियन्ताहरू प्रतिको श्रद्धाले सबैका आँखाबाट अविरल अश्रुधारा बगिरहे । प्रस्तोता बहिनीका स्पष्ट सुमधुर वाणि ,आश्रमका परिकल्पनाकार अभियन्ताको प्रेम ,सद्भाव करुणा परोपकार र जीवन जगत प्रतिको विसद ब्याख्याले सबैलाई नतमस्तक बनाएको थियो “। बगलकै सिटमा बसेर नातिनी हजुरआमाको सम्वाद सुनिरहेको भाष्करले पनि उल्लेखित सबै दृष्य देखेर प्रवचन सुनेर आँसु थाम्न सकिरहेको थिएन । उद्धार पछि देखाईएका “जेठीआमा “र “कान्छीआमाका” सुखद खुशीपूर्ण प्रतिक्रियाहरुले पुरै हल खुशीले गद्गद भयो । फेरि हर्षका अश्रुधारा बहे । सहभागी सम्पूर्ण पाहुनाहरूबाट पनि प्रशंसाको वर्षा भयो । हजुरआमाले पनि “मानवसेवाआश्रम”द्वाराआयोजीत कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै भन्नुभयो, “यो सब सरकारको काम आश्रमले गरिहेछ । सरकारले आफ्नो पूर्ण जिम्मेवारीमा गर्नु पर्ने हो तर ब्यबहार मा कतै देखिदैन । राज्य कहाँ छ कहाँ ?” हजुर आमाका कुरा सुनेर नातिनीले फेरि जिज्ञासा थपिन , “हाम्रो सरकार हाम्रै देशमा बस्दैन र हजुरआमा ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

13 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

14 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago