Categories: बाल कथा

मायाँ

विष्णु भण्डारीआचार्य
बेलबारी ८ मोरंग

एकजना शिक्षक साह्रै खरो स्वभावका हुनुहुन्थ्यो, विद्यार्थीकाे नजरमा निर्दयी पनि। कक्षामा पस्दा हातमा एउटा मोटो लट्ठी टुट्दैनथ्यो । उहाँले भने बमोजिम पाठ नबुझाएमा वा गृहकार्य पूरा नगरेमा बुझे हुन्थ्यो आज त्यस विद्यार्थीको धुलाइमार दह्रै हुनेछ । नबुझेको सोध्न त परैको कुरा, शिक्षक कक्षाकोठाभित्र प्रवेश गरेपछि होस् या बाहिर सामुन्नेमै पर्दा होस् , विद्यार्थीहरु थर्कमान हुन्थे डरले तर उहाँ स्कुलमा विद्यार्थीको सामु जति कडा दरिनुहुन्थ्यो त्यति आफ्नो घरमा र अन्य ठाउँमा त्यसको विपरित , नरम स्वभावका लाग्थ्यो । एकदिन उहाँलाई कक्षामा लट्ठी लिएर पसेता पनि पढाउन मन भने नलागेको अवस्था भएछ । विद्यार्थीलाई ब्यस्त राख्नैपर्याे । सेतोपाटीमा एउटा प्रश्न दिएर लेख भन्नुभयो ।

प्रश्न– तिमीहरू पछि ठुलो भएर को को केके के बन्न चाहान्छौ ? सबै विद्यार्थीले लेखेर देखाए । सरले हेर्दै नाम अनुसार बोलाउदै दिदै गर्नुभयो । कसैले पुलिस लेखे ,कसैले डाक्टर, कसैले के, कसैले के । एउटा कपी अन्तिममा राख्नुभयो सुसान्तको रहेछ, उसको त्यो लेखाइ हेरेर सर निकै भावुक बन्नुभयो, हेरिरहनुभयो सुसान्तलाई एकछिन सम्म एकोहोरिएर । आफ्नी भरखर जन्मेकी सानी नातिनीको कोमल शरीर ती कलिला हातखुट्टा सम्झिदै आँखा रसिला पार्नुभयो । उसले जवाफमा लेखेको थियो – ‘सर म त ठूलो भएपछि टिचर बन्न चाहन्छु, टिचर भएर सरका नातीनातिनालाई पढाउनेछु र पढाउँदा हातमा लट्ठी बोकेर जानेछुइन । नतर्छाइ, नथर्काइ, सार्है माया दिएर पढाउनेछु ।’ तत्कालै ती शिक्षकको हातमा भएको मोटो लट्ठी झ्यालबाट फुत्त बाहिर फ्याँकियो तर एक छिनको लागि नभएर सदाका लागि ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

20 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

20 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago